मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनका बजार क्षेत्रमा प्रशासनको अनुगमन, ४ जना ब्यापारीलाई कारबाही

रामारोशनका बजार क्षेत्रमा प्रशासनको अनुगमन, ४ जना ब्यापारीलाई कारबाही


अछाम : जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाको रामारोशन गाउँपालिकाका बजार क्षेत्रमा बजार अनुगमन गरेको छ ।

पछिल्लो समय बजारमा अखाद्य बस्तुको बिक्रीवितरण र उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको एक टोलीले मुजाबगर र खालबजार बजारको अनुगमन गरेको हो ।

रामारोशनका बजार क्षेत्रमा कालोबजारी बढेको र बन्दाबन्दीमा म्याद गुज्रेका र कानुन अनुसार व्यापार नगरेका र अखाद्य बस्तु बेचबिखन हुन थालेपछि अनुगमन गरिएको हो। अनुगमन भएका ८ पसलमा ४ वटा पसललाई जरिवाना गरिएको छ ।

रामरोशन गाउँपालिका वडा नम्बर ३ मुजा बगर र वडा नम्बर ४ स्थित खाल बजार क्षेत्रमा संयुक्त बजार अनुगमन/निरीक्षण भई प्रचलित कानुन बमोजिम व्यापार नगरेका, अनुमति नलिई व्यवसाय गरेका र म्याद नाघेका साथै अखाद्य सामग्री बेचबिखनका लागि राखेका ४ जना व्यवसायीलाई रु २५ हजार जरिवाना गरी ८ वटै व्यवसायीलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

जिल्लामा कहीँ कतै उपभोक्ताको हित हनन् हुने कार्य भए/गरेको पाइएमा वा प्रचलित कानुन विपरीत व्यापार व्यवसाय गरेको जानकारी पाइएमा कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधीकारी रंजन तिमिल्सैनाले बताए। अनुगमन मुख्य गरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको प्रशासनले बताएको छ ।