बिबिध

भोक मान्छेलाई मात्र लाग्छ र!

काठमाडौं- निषेध आदेशका कारण एक महिनाभन्दा लामो समयदेखि मानिस अनेक समस्यासँग जुधिरहेको छ। समस्याको बीचबाटै केही सहयोगी मन भने सेवामा तल्लीन छन्। कोही राहत वितरणमा संलग्न छन् त कोही विपन्नलाई बिहानबेलुका खाना खुवाउन व्यस्त। अधिकांश दाता मानव केन्द्रित छन्। तर, केही दाता महामारीका बेला मानिस मात्रै होइन, अन्य जीवजन्तुको सेवामा तल्लीन छन्। यस्तैमध्येकी एक हुन् ज्यापुनी इन्दु।

इन्दु भन्छिन्, ‘मानिस भोक लाग्दा रुन्छ, कराउँछ मनका कुरा व्यक्त गर्छ तर ‘सडक रक्षक’ हरू सक्दैनन्। त्यसैले यिनीहरूलाई भात खुवाउँदै आएकी छु।’ ‘सडक रक्षक’ भुस्याहा कुकुरलाई उनले दिएको नाम हो। भुस्याहा कुकुर भन्दा मन दुख्छ रे इन्दुको। मायाले कुकुरको नाम ‘सडक रक्षक’ राखेको उनी बताउँछिन्। 

आफ्ना कुरा भन्न नसक्ने भएकाले नै इन्दुलाई सडक रक्षकको माया लागेको हो। त्यसैले उनी अचेल दैनिक पाँच सय सडक रक्षकलाई मासुभात खुवाइरहेकी छन्।

उनलाई हरेक ठाउँका कुकुरले चिन्न थालेका छन्। इन्दुलाई देख्नेबित्तिकै पुच्छर हल्लाएर नजिक आइपुग्छन् कुकुर। प्रेम भावले लुट्पुटिछन्। इन्दु उनीहरुको टाउको मुसार्छिन्, शरीर सुम्सुम्याउँछिन् र मासुभात दिन्छिन्। 

‘मान्छेले भोक लाग्यो भन्न सके पनि सडक रक्षकले कुनै प्रतिक्रिया जनाउँदैनन्। भोक मान्छेलाई मात्र लाग्छ र! उनीहरूको मन पनि हाम्रो जस्तै हो। उनीहरूको पनि त पीडा हुन्छ’, इन्दु भन्छिन्।

निषेध आदेश हुनु पहिले यताउति गरेर बाँचिरहेका भए पनि बजार सुनसान भएका कारण सडकमा खानेकुरा केही छैन। फोहोरको डंगुर उधिनेर बाँचेका कुकुर भोकै रहेको देखेपछि दया जागेको इन्दु बताउँछिन्।

बिहान ग्वार्कोस्थित घरमा पुग्दा इन्दु भान्छामा व्यस्त थिइन्। डेक्चीमा भात पाक्दै थियो, अर्कोतिर मासु। ‘मासु विना खाना दिएको वास्ता नै गरेनन्, त्यसैले मासुभात दिन थालेका हौं’, उनी भन्छिन्। त्यसपछि उनी मासुभात मिलाएर बट्टामा हाल्छिन्। अनि आफ्नो स्कुटीमा भातका पोका राख्छिन् र लाग्छिन् पाटनको सुन्धारा, भृकुटीमण्डप, पुतलीसडक, न्युरोड। 

उनलाई हरेक ठाउँका कुकुरले चिन्न थालेका छन्। इन्दुलाई देख्नेबित्तिकै पुच्छर हल्लाएर नजिक आइपुग्छन् कुकुर। प्रेम भावले लुट्पुटिछन्। इन्दु उनीहरुको टाउको मुसार्छिन्, शरीर सुम्सुम्याउँछिन् र मासुभात दिन्छिन्। 

‘कसले माया गर्छ कसले गर्दैन सबै थाहा पाउँछन् सडक रक्षक’, इन्दु भन्छिन्, ‘मैले अन्तरमनले गरेको काम हो, निकै खुसी मिल्छ।’

भात मात्रै बाँडेकी छैनन् इन्दुले। उनले सद्भाव र सहानुभूति पनि बाँडेकी छन्। उनकै शब्दमा भन्दा प्रेमको पोको बाँडिरहेकी छन्।

‘हामीले जनावरको भावना बुझिदिनुपर्छ, हामीले नदिए के खाएर बाँच्छन् तिनले?’ सानो पाइलाकी अध्यक्ष इन्दुले भनिन्।

काठमाडौंमा सडकमा छाडिएका थुप्रै कुकुर छन्। जसको खानाको कुनै टुंगो हुँदैन। उनी भन्छिन्, ‘‘मान्छे कति निर्दयी भएका? घरमा पालेको कुकुरलाई माया गर्छन्। सडकमा रहेकालाई घृणा!’ 

त्यसो त इन्दु कुकुरलाई मात्रै खाना खुवाउँदिनन्। उनको सानो पाइला नामक संस्थाले पाटन दरबार, वसन्तपुर दरबार स्क्वायरका परेवालाई चारो दिनुका साथै गरिब तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई राहत वितरण गर्दै आएको छ।

‘हामीले जनावरको भावना बुझिदिनुपर्छ, हामीले नदिए के खाएर बाँच्छन् तिनले?’ सानो पाइलाकी अध्यक्ष इन्दुले भनिन्।

इन्दु आफ्नो संस्थाले गरेको सहयोगलाई राहत भन्दिनन्। त्यसलाई खाद्यान्न सहयोग भन्छिन् उनी। सानो पाइलाले गत वर्षदेखि सामाजिक काम गर्दै आएको छ। १२ जना मिलेर स्थापना गरेको संस्थाले मान्छेका साथै पशुपन्छीलाई समेत खाना खुवाइरहेको छ। 

उनीसँग कुरा गर्दै गर्दा उनलाई थानकोट चन्द्रागिरी नगरपालिकाबाट राहतका लागि सहयोग गरिदिन कसैले फोन गर्‍यो। ती व्यक्तिले पाँच–छ परिवारलाई खाद्यान्न आवश्यक रहेको र त्यसमा एक जना गर्भवती महिलासमेत रहेको जानकारी दिए।

इन्दुले उनलाई आफ्नो क्षेत्रमा भएका गरिब र खाद्यान्न आवश्यक रहेकाको नाम टिप्न आग्रह गर्दै साँझसँम्म जसरी पनि आइपुग्ने बाचा गरिन्। बट्टामा चामल, दाल, मस्यौरा, तेल, स्याम्पु, चाउचाउ, नुन, बिस्कुट र सिटामोलसमेत राखेकी थिइन्।

कक्षा पाँच–छ मा पढ्दादेखि नै समाजसेवामा लाग्ने रुचि थियो इन्दुको। सडकमा गरिब र भोका कुकुर देख्दा उनको मन कुँडिन्थ्यो। ‘दुःखी र असहायलाई सडकमा देख्दा यिनीहरुले के खाएर बाँचिरहेका होलान् भन्ने लाग्थ्यो’, उनले सुनाइन्।

उनी भन्छिन्, ‘सुरुमा एक घरलाई १५ किलो चामल, दुई किलो दाल, दुई लिटर तेल दिने गरेको भए पनि खाद्यान्न सहयोग माग्नेको संख्या बढेपछि मात्रा घटाएका छौं।’

दाल–चामल मात्रै होइन, उनको संस्थाले सुत्केरी महिलालाई फलफूल र च्यवनप्रासजस्ता प्रोटिनयुक्त खानेकुरा पनि सहयोग गर्दै आएको छ।

आर्थिक अवस्था दयनीय भएका सर्वसाधारणलाई कम्बल लगायतका लत्ताकपडासमेत सहयोग दिन्छ सानो पाइलाले। संस्थाले गत वर्षको लकडाउनमा पनि श्रमिक मजदुरलाई भातका पोका बाँडेको थियो।

‘सेवा गर्न धन होइन मन चाहिन्छ’, इन्दु भन्छिन, ‘सानो कामबाट सुरु गरेको भए पनि अहिले थुप्रै मान्छे जोडिइरहनुभएको छ, सेवा नै धर्म हो, कर्म हो।’

कक्षा पाँच–छ मा पढ्दादेखि नै समाजसेवामा लाग्ने रुचि थियो इन्दुको। सडकमा गरिब र भोका कुकुर देख्दा उनको मन कुँडिन्थ्यो। ‘दुःखी र असहायलाई सडकमा देख्दा यिनीहरुले के खाएर बाँचिरहेका होलान् भन्ने लाग्थ्यो’, उनले सुनाइन्। ठूलो भएपछि अनाथ र विपन्नलाई खाना खुवाउने सपना सानैदेखिको हो उनको। 

धेरै पटक घरबाट दालचामल चोरर गरिब दिनदुःखीलाई सहयोग गरेको उनी सम्झन्छिन्। ‘आमाबा नभएको मौका पारी दालचामल चोरेरै भए पनि खाना नपाएकाहरुलार्ई दिन्थें’, उनी भन्छिन्, ‘खानेकुरा दिँदा बेग्लै सन्तुष्टि मिल्थ्यो।’

उनको बुझाइमा एकथरी मान्छे कमाउन सक्ने भएपछि मात्रै सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्छन्। अर्काथरी छन्, जो अरुसँग मागेर समाजसेवामा लागेका छन्। तर इन्दुले कमाउने भएपछि मात्रै समाजसेवा गरेकी हुन्। 

ज्यापुनी इन्दु कलाकारसमेत हुन्। उनी मोडलिङका साथै स्टेज कार्यक्रम पनि गर्छिन्। त्यहाँबाट आएको पैसा सेवामा लगाउँछिन्।

सानो पाइलाले सामाजिक सञ्जालमा तस्बिर राखेपछि दाताहरु आउन थालेका छन। केही दाताले खाद्यान्न सहयोग गरिरहेको इन्दु बताउँछिन्।

सानो पाइलाले भुइँमान्छेलाई खाना खुवाउनुका साथै फुड बैंक स्थापना पनि गरेको थियो। गत वर्ष ललितपुरको मंगलबजारमा फुड बैंक सञ्चालन गरेको सानो पाइलाले यस वर्षदेखि थानकोट क्षेत्रमा फुड बैंक स्थापना गरेको छ।

‘कोही भोकै हुनुहुन्छ, कसैको घरमा खानेकुरा छैन, कोही समस्यामा हुनुहुन्छ भने सानो पाइलालाई सम्झिनुस्, थोरै भए पनि हामी सहयोग गर्न तयार छौं’, इन्दुले भनिन। मान्छे होस् या जनावर कसैले भोकै मर्न नपरोस्, यही चाहना छ इन्दुको। – नेपालसमय

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

निजि क्षेत्रको ५० लाख लगानीमा अछाममै सबैभन्दा ठुलो नर्सरी संचालन
मध्यपहाडी राजमार्गको अछाम खण्ड क्षतविक्षत
जिल्लामा बिरामीलाई रगत चाहिए पहिलो सम्झिने नाम बन्यो ‘दारी ग्याङ’
सभामुखले आज शीर्ष नेताहरूसँग छलफल गर्दै