मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रवासमा रहेका युवाहरुले गरे बयालपाटा अस्पताललाई आर्थिक सहयोग

प्रवासमा रहेका युवाहरुले गरे बयालपाटा अस्पताललाई आर्थिक सहयोग

सुदूर आज

अछाम । प्रवासी यूवा एकजुट अभियान मार्फत बायलापाटा असपताललाई आर्थिक सहयोग प्राप्त भएको छ । प्रवासमा रहेका युवाहरुले सहयोग अभियान चलाएर बयालपाटा असपताललाई १६ हजार आर्थिक सहयोग गरेका छन् ।

कोरोना माहामारीका बेला जिल्ला तथा देश बाहिर रहेका यूवाहरु एकजुट भएर आर्थिक सहयोग अभियान चलाएर अस्पताललाई सहयोग गरेका हुन् । थोरै भएपनि अस्पताललाई बिरामीको सेव ागर्न सहज होस् भनेर आर्थिक संकल गरेर पठाएको अभियानका संयोजक महेश बिश्वकर्माले बताए ।

उक्त सहयोग रकम प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य आकाश कुवर र सुदुरपश्चिम खेलकुद परिषद सदस्य विएस वडले सयुक्त रुपमा अस्पतालका बित्त प्रमुख रामराज खकुरेललाई हस्तान्तरण गरे ।

सहयोग रकम बिरामीको उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न प्रयोग गरिने प्रमुख खकुरेलले बताए ।