मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी

कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी


अछाम : जिल्लाको कमलबजार नगरपालिकाले कमलबजार बजार क्षेत्रका कोरोना संक्रमितहरुलाई पिउने पानी बितरण गरेको छ । प्रत्येक संक्रमितको घर दैलोमै आएर ट्रयाक्टर मार्फत प्रत्येक ब्यक्तीलाई ५० लिटरको दरले पानी बितरण गरिएको हो ।

कुनै कुनै परिवारमा सबै सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको र पानीको निकै नै समस्या सृजना भएको यस अवस्थामा पानीको समस्या मध्यनजर गर्दै पानी बितरण गरिएको नगर उप प्रमुख भुमीसरण ढकाल (बजगाई) ले बताइन ।

यसै पनि बाह्रै महिना पानीको समस्या झेल्न बाध्य कमलबजार बासी त्यसैमा कोरोना संक्रमित भए पछि समाजको हेर्ने दृष्टीकोण नै फरक हुने गरेको अवस्थालाई बुझेर पानीको प्रवन्ध गरिएको पनि बजगाईले बताइन् । बैशाख ३० गते बाट नै पानी बितरण गर्ने भनिएको भए पनि बिविध कारणबश बैशाख ३१ गते अथवा आज बाट मात्रै बितरण कार्य सुरु गरिएको हो ।

कमलबजार नगरपालिका वडा नं ८ ढाँकुबाट ट्रयाक्टर मार्फत पानी ल्याईएको हो । संक्रमितहरुका लागी पानी बितरण कार्य एक हप्ता सम्म संचालन गरिने पनि बताईएको छ । पानी बितरण कार्यमा ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरीको पनि सक्रियता रहेको छ ।

यसरी आफ्नो घर—घरमै आएर पिउने पानी बितरण गरिएकोमा यहाँका कोरोना संक्रमितहरुले कमलबजार नगरपालिका लाई धन्यबाद दिनुका साथै यो कार्य निकै नै प्रसंसनिय भएको पनि बताएका छन् । बजार क्षेत्र नजिकै पानीको राम्रो मुहान नहुनु आपैmमा एक समस्या भएको र बजारमा आएका पानीका योजनाहरुले पुर्णता नपाउनु यस क्षेत्रको अर्को टड्कारो समस्या रुपमा रहेको छ।