मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन दलको निष्कर्ष : कच्चा खेल खेल्नु उचित होइन

तीन दलको निष्कर्ष : कच्चा खेल खेल्नु उचित होइन


काठमाडौं– नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले बहुमत नपुगी गठबन्धन सरकारको दाबी गर्नु उचित नरहेको निष्कर्ष निकालेका छन्। तीन दलका शीर्ष नेताबीच शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

उनले भने, ‘माधव नेपालहरूले राजीनामा पनि नदिएको र महन्थ ठाकुरहरूले मतदान पनि नगरेको अवस्थामा कच्चा खेल खेल्नु उचित नभएको बैठकको ठहर छ।’ नेताहरुबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलासम्म थप रणनीति तय गर्ने सहमति भएको छ। श्रेष्ठले भने, ‘ओलीका गतिविधि हेरेर थप निष्कर्षमा पुग्ने सहमति भएको छ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ,  नेत्री पम्फा भुसाल, ओनसरी घर्ती, जसपा नेता उपेन्द्र यादवलगायत सहभागी थिए।