मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको एकमात्र पिसिआर प्रयोगशालामा स्वाब परिक्षण अनिश्चित

अछामको एकमात्र पिसिआर प्रयोगशालामा स्वाब परिक्षण अनिश्चित


अछाम । अछाम जिल्लाको एक मात्र पिसिआर प्रयोगशाला स्वाब परिक्षण बन्द भएको छ । प्राविधिक कारणले प्रयोगशाला पिसिआर परिक्षण अनिश्च भएको जनाईएको छ ।

प्रयोगशालाले एक सुचना जारी गर्दै कोरोना परिक्षण अर्को सुचना नआउञ्जेल सम्मका लागि बन्द भएको जनाएको छ । पिसिआर मेसिनमा समस्या आएका कारण कोरोना परिक्षण बन्द भएको सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

जिल्लामा एक मात्र पिसिआर प्रयोगशाला हुदाँ अछाम जिल्लालाई सहज भएको थियो । तर त्यही प्रयोगशाला बन्द हुदाँ कोरोना परिक्षण अनिश्चत बनेको छ । आर्थिक अभावमा ब्याकअप उपकरण, बिद्युतको भरपर्दो बिकल्प नहुदाँ एउटै मेसिनले धान्न सक्ने अवस्था नरहेको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका लागि यसअघि जिल्लाका केही मात्र स्थानिय तहले मात्र सहयोग गरेका थिए । कमलबजार नगरपालिकाको पहलमा संचालित प्रयोगशालामा आर्थिक समस्या रहेको भन्दै यसअघि जिल्लाका सबै पालिकालाई सहयोग माग गरिएको थियो ।

माग गरे अनुसार रकम उपलब्ध नहुदाँ व्यावस्थापन गर्न कठिनाई भएको कमलबजार नगरपालिकाले जनाएको छ । प्रयोगशालामा अछाम सहित बाजुरा र दैलेखका केही पालिकाको स्वाब समेत परिक्षण हुने गरेको छ ।