मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मितज्यू’ युट्युबमा

दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मितज्यू’ युट्युबमा

सुदूर आज

काठमाडौं । नेपालमा रगतको साइनोबाट नजोडिएकाहरू ‘मितेरी’ साइनोेले जोडिन्छन् । मितेरी साइनो लगाउने यहाँको पुुरानो प्रचलन हो ।
 
यही ‘मितेरी’ साइनोको कथा बोकेको मण्डला नाटकघरको ‘मितज्यू’ नाटक दर्शकले अब शुक्रबारदेखि युट्युबमा हेर्न पाउने धएका छन् । सोमनाथ खनाल खनालद्वारा लिखित र दयाहाङ राईद्वारा निर्देशित यस नाटकले दर्शकलाई पञ्चायत कालमा फर्काउने छ । नाटकको परिवेश पञ्चायतकालीन नेपालको पूर्वी भेगको रहेको छ । दुई वृद्ध मितज्यूहरूको स्मृतिमार्फत नाटकको कथा बग्दछ ।
 
हुन त यो नाटक ७ वर्षअघि मण्डलामै मञ्चन भैसकेको नाटक हो । तर अहिले भने मुख्य पात्र यथावत नै र केही नयाँ पात्रहरूको साथ थोरै पुर्नलेखन र परिकल्पनामा नाटक अनलाइन प्लेटफर्ममा प्रस्तुत हुन लागेको हो । 

मण्डला टिम यो नाटक लिएर मोबाइल थिएटरको कन्सेप्टका साथ देशका विभिन्न ठाँउमा गएर देखाउने योजनामा थियो । तर कोरोना कहरले योजना पुरा हुन नपाएपछि युट्युबमार्फत नै भएपनि ल्याउने तयारी गरिएको हो । 

त्यसैले नाटक रिहर्सलदेखि नै यो युट्युब रिलिजलाई ध्यान दिएर छायांकन गरिएको हो । 

दुई वृद्ध मितज्यूहरुको नजरबाट सांस्कृतिक सम्पदाको महत्व र समुदायहरूबीच सद्भावको भावना नाटकले प्रस्तुत गर्न खोजेको मण्डलाले जानकारी दिएको छ । नाटकले पूर्वी नेपालमा रहेका विभिन्न जाति र भाषिका समुदायलाई प्रस्तुत गरेको छ । 

नाटक वैशाख ३१ गते (शुक्रबार) मण्डला थिएटरको आधिकारिक युट्युब च्यानलमा साँझ ५ बजे रिलिज हुँदैछ । यस नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, विकास जोशी, अंकित खड्का, उमेश तामाङ, अनुप न्यौपाने लगायतको अभिनय रहेको छ । 

नाटककाे ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहाेस् ।