मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थाको एक टोलीले लियो जानकारी

कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थाको एक टोलीले लियो जानकारी


अछाम । जिल्लाको कमलबजार बजार क्षेत्रका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा एक टोलीले जानकारी लिएको छ । पछिल्लो समय कोरोना संक्रमितहरुको ”हटस्पट” जस्तै भएको कमलबजार बजार क्षेत्रमा दैनिक जसो संक्रमण दर बढिरहेको पाईएको छ ।

स्वाब संकलनको दायरा फराकिलोे बनाईने हो भने संक्रमित हरु अझ निकै धेरै मात्रा थपिने यहाँका जानकारहरुले आँकलन गरिरहेका छन् । यसैबिच कमलबजार नगरपालिकाका नगर उप प्रमुख भुमी सरण ढकाल ९बजगाई० सहितको एक टोलीले बजार क्षेत्रका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको हो ।

उक्त टोलीमा कमलबजार अस्पतालका चिकित्सक प्रिती भट्ट, कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशसकीय अधिकृत खडग् बहादुर बिष्ट, ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरिक्षक लक्ष्मीराज जैशी लगायतका सम्बद्ध सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

चिकित्सक सहितको टोलीले बजार क्षेत्रका कोरोना संक्रमितहरुको घर दैलोमै आएर उनिहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका लिदै सल्लाह सुझाब एवंम् परामर्स समेत दिएको छ । स्वास्थ्य शुरक्षाको मापदण्ड पालना गर्न समय समयमा साबुन पानीले हात धुन, भौतिक दुरी कायम राख्न, खानपिनमा ध्यान दिन र नआत्तिन पनि उक्त टोलीले आग्रह गरेको छ ।

साथै स्वास्थ्यमा कुनै समस्या भएमा चिकित्सकहरु संग सम्पर्क गर्न पनि आग्रह गरेको छ । यसरी स्वास्थ्यकर्मी सहितको टोली आफ्नो घर दैलोमै आएर आफुहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदा संक्रमित ब्यक्तीहरुले कमलबजार नगरपालिकाको स्वास्थ्य शाखा र सम्बद्ध सबै सरोकारवालाहरुलाई धन्यबाद दिएका छन् ।

यस्तै ईलाका प्रहरी कार्यालय कमलबजारको एक टोली दैनिक जसो गाडीमा सचेतनामुलक सन्देश फैलाईरहेको छ । स्वास्थ्य शुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्ने लगायतका बिषयमा आम जनतालाई शुशुचित पार्नु आफ्नो दायित्व भएको ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज एवम प्रहरी निरीक्षक जैशीले बताए ।