मुख्य समाचार

आइसियु र भेन्टिलेटरमा ७९५ कोरोना संक्रमित उपचाररत, कहाँ कति?

काठमाडौं – देशभर हाल सात सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६१६ आइसियु र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७२० जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए। 

प्रदेश १ मा ९३ आइसियु र १८ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३२५ आइसियु र १२४ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा ४४ जना आइसियु र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आइसियु र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ३२ जना आइसियु र ७ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २९ जना आइसियु र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १९४ जना संक्रमित आइसियु र ७७ जना भेन्टिलेटरमा छन्। १ हजार २ सय १७ जना आइसोलेसनमा छन्। 

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसियु, ८ भेन्टिलेटर र १७० जना आइसोलेसनमा छन्। वीरेन्द्र अस्पताल छाउनीमा १९ जना आइसियु र ६४ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ जना आइसियु, ३ भेन्टिलेटर र ९६ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १७ आइसियु, १२ जना भेन्टिलेटर र १५८ जना आइसोलेसनमा छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना आइसियु, १० भेन्टिलेटरमा र ७२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आइसियु, ७ भेन्टिलेटर र १४६ जना आइसोलेसनमा, पाटन अस्पतालमा १२ आइसियु, ९ भेन्टिलेटर र १०१ जना आइसोलेसनमा छन्। 

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसियु र ४५ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ५ आइसियु, ८ भेन्टिलेटर र ५७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३७ जना आइसोलेसनमा छन्। 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ जना आइसियु, ४ जना भेन्टिलेटरमा र ४१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा २१ जना आइसियु, ६ जना भेन्टिलेटरमा र ८७ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ३१ आइसियु, १० भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, स्टार अस्पतालमा ४ आइसियु, २ भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। – स्वास्थ्यखबर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु
यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ [फाेटाे फिचर]
‘सास माग्दामाग्दै अस्ताइजान्छन् कलकलाउँदा नौजवान’
कोरोनाबाट कुन उमेरका कति जनाको मृत्यु?