मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा ९ वर्षमुनिका १७४ बालबालिका कोरोनाबाट संक्रमित

२४ घण्टामा ९ वर्षमुनिका १७४ बालबालिका कोरोनाबाट संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ६६० जना कोभिड संक्रमित थपिएका छन् । जसमध्ये ९ बर्षसम्मका बालबालिका १७४  जना र १० देखि १९ वर्षका ४५२ जना छन् ।  

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरूमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ९७४ जना छन् ।

त्यस्तै २० देखि २९ सम्मका १ हजार ८९२ जना, ४० देखि ४९ बर्षका १ हजार ३४० जना , ५० देखि ५९ का १ हजार १५ जना, ६० देखि ६९ का ४३७ जना, ७० देखि ७९ का २०९ जना ८० देखि ८९ का ६० जना ९० देखि १०० वर्ष उमेर समूहका ६ जना  र उमेर नखुलेका २८ जना  छन् ।