मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिडको महामारी बढेसँगै आईपीएल स्थगित

कोभिडको महामारी बढेसँगै आईपीएल स्थगित


काठमाडौं – कोभिड-१९ को महामारी बढेसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) स्थगित भएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गर्ने जानकारी दिएको हो।

त्यस्तै आईपीएलको अध्यक्ष ब्रिजेस पटेलले पनि आईपीएल स्थगित भएको जानकारी दिएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ। पटेलका अनुसार सबै फ्रेन्चाइज टिमको सुरक्षाका लागि यो कदम चालिएको हो।

आईपीएल अन्तर्गत आजको खेल सनराजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच थियो। तर हैदराबादका केही खेलाडीलाई पनि कोभिडको संक्रमण देखिएको छ। उनीहरुले आज दिल्ली रंगशालामा खेल्ने सेड्युल थियो।

त्यस्तै, हिजो सोमबारको खेलमा सहभागी कोलकाता नाइट राइडर्सका खेलाडीलाई कोभिडको संक्रमण देखिएपछि खेल स्थगित भएको थियो। कोलकाताका वरुण चक्रवर्ती र सन्दीप वासियरलाई कोभिड–१९ पोजेटिभ देखिएको थियो।

हिजो नै चेन्नईका तीन ननप्लेइङ मेम्बरमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो। जसमा चेन्नईका चेयरम्यान काशी विश्वनाथन पनि थिए। त्यसपछि उसले तोकिएको मितिमा चेन्नईले खेल्न नसक्ने खबर बीसीसीआईलाई पठाएको थियो। 

आईपीएलको बायो बबलमा बढ्दो मात्रामा कोभिडको संक्रमण देखिएपछि आईपीएल आधा सिजनमै स्थगित गरिएको हो। स्थगित भएको प्रतियोगिता पुनः कहिले सञ्चालनमा आउनेबारे भने बीसीसीआईले जानकारी दिएको छैन। र, उसले विदेशी खेलाडी र घरेलु खेलाडी बायो बबलमै रहने वा घर पठाउनेबारे पनि जानकारी दिएको छैन।