मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संचारकर्मी तथा देउडा गायक नरेन्द्र रावलको पानसुपारी सार्वजनिक (भिडियो सहित)

संचारकर्मी तथा देउडा गायक नरेन्द्र रावलको पानसुपारी सार्वजनिक (भिडियो सहित)


अछाम । अछामका संचारकर्मी तथा देउडा गायक नरेन्द्र रावलको पान सुपारी लोक देउडा गित सार्वजनिक भएको छ । उनको आफ्नै युटुब च्यानल मार्फत आज पानसुपारी बोलको देउडा गित सार्वजनिक भएको हो ।

रावलको आफ्नै शब्द संगित र स्वरमा सार्वजनिक भएको गितमा अनिता स्वारले स्वरमा साथ दिएकी छन् । बिनोद बाजुरेलीले एरेञ्ज गरेको गितको म्युजिक भिडियोमा देबु बरा र अनिता स्वारको अभिनय रहेको छ ।

त्रिनेत्र मल्डिमिडियाले निर्माण गरेको भिडियोको दृष्य सम्पादन श्री राम फिल्मस् प्रालीले गरेको हो भने निर्देशन सुरेन्द्र संगमले गरेका छन् ।

रावलको सांगितिक यात्रा ।

अछामको जुपु निवासी नरेन्द्र रावल २०५७ सालमा देउडा संगितमा प्रवेश गरेका हुन् । उनले २०५७ सालमा पहिलो गित फुलिजा शान्तिका फुल सार्वजनिक गरेका थिए ।

संगितकर्ममा सक्रिय रहेका रावलले सोही बेला सिरानीमा आशु, कलेजीका सेस, रंगाएको सिउदो र धन्य पिरथीका खेल लगायतका लोक देउडा बजारमा ल्याएका थिए ।

१० बर्षको बिश्राम पछि पुन सक्रिय ।

एक दर्जन बढी गित आफ्नै र केहीमा स्वर दिएर बजारमा ल्याएका रावलले १० बर्ष देउडा गित संगित क्षेत्रबाट बिश्राम लिए ।

लगानीको अभाव, रेकर्ड गर्न गाह्रो, क्यासेटको जमाना लगायतका बिबिध समस्याले १० बर्ष मैले आफ्नो यात्रा रोँके रावल भन्छन् ‘अब नयाँ ढंगले सुदूरपश्चमको देउडा संगितलाई फरक पन दिनुपर्छ भनेर पुन सक्रिय भँए ।’

गित संगित संगै संचारकर्ममा पनि रवाल सक्रिय छन् । उनि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका पूर्व सदस्य हुन भने नेपाल टेलिभिजनका लागि अछामबाट सम्बाद्दाताको रुपमा काम गर्छन् ।

हाल रावल संगीतकर्ममा निकै सक्रिय भएर लागेका छन् । उनका देउडा गित विभिन्न समयमा सार्वजनिक भईरहेका छन् । उनले पछिल्लो समयमा २ दर्जन बढी गित सार्वजनिक गरिसकेका छन् भने हाल सम्म ६० बढी गितमा स्वर दिएका छन् ।

२०७५ को देउडा अवार्ड जित्न सफल ।

देउडा संगितमा सक्रिय रहेका रावलले २०७५ सालमा आफ्नै देउडा गित गौड्या भेटबाट देउडा अर्वाड जित्न सफल भए । १० बर्षपछि गित संगितलाई नयाँ ढंगले अगाडी बढाउनुपर्छ भनेर लागेका रावललाई गौड्या भेटले सफलता प्रदान गर्यो ।

अर्वाडले यस क्षेत्रमा लाग्न अझ बढी प्रेरणा दिएको उनले सुदूरआजलाई बताए । उनका सुदूरपश्चिम मेरा डकमक फुली, गौड्या भेट लगायतका देउडा गित चर्चित रहेका छन् भने चादैन सुनको महल, चोखो माया गाँउमा, गौड्या भेट २ सहित एक दर्जन बढी गित सार्वजनिक भएका छन् ।