मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दर मन भन्दा राम्रो कुनै मोति छैन

सुन्दर मन भन्दा राम्रो कुनै मोति छैन


अमरदीप शर्मा

मन्दिर पोश्ने सोच्नु पर्छ मुर्ती पोतिदैन
सुन्दर मन भन्दा राम्रो कुनै मोति छैन!

बिचारमा उमङ्गको बाच्ने भाव बोकि
पहिरने तिमी नै हो लाजको धोती हैन !

बिषय छन बजारमा मर्ने हजारमा
जीवन शैली मेरो मालिक रोगको गोति हैन!

लाउला खाउला ईच्छा सङ्ग मन नडुलाउनु
कृपा दृष्टि भन्दा ठूलो कुनै ज्योती छैन !

आफन्तको भौतिक स्वरुप हेर्नै नपाएर
आँखाहरु बर्सिदैछन, ईश्वर मति छैन !