प्रदेश समाचार

चौरपाटी गाँउपालिकाका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

अछाम : जिल्लाको चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क साँउदलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणमा अध्यक्ष साँउदलाई संक्रमण पुष्टी भएको हो ।

यस्तै अध्यक्ष संगै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापालाई पनि संक्रमण देखिएको छ ।

दुबैजनालाई संक्रमण देखिएपछि पालिकाको दैनिक प्रवाह प्रभावित भएको छ भने पालिकाले २७ गतेसम्मका लागि सेवा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

उनिहरु दुबैजनामा सामान्य लक्षण देखिएका छन् भने दुबै जना सुरक्षित होम आईश्वलेसनमा बसेका छन् । यस्तै पालिकाका अन्य ५ जनामा पनि कोरोना संक्रमण देखिएको पालिकाका प्रेस सल्लाहकार राजेन्द्र कुवँरले जानकारी दिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप
कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर