प्रदेश समाचार

हानका जिल्ला उपाध्यक्ष साँउदले जिते कोरोना

अछाम : स्वास्थ्यकर्मी छत्र साँउद कोरोना भाईरस कोभिड १९ को संक्रमण मुक्त भएका छन् । बयालपाटा अस्पतालमा कार्यरत हेल्थ एसिसटेण्ट साँउद १४ दिनमा संक्रमण मुक्त भएका हुन् ।

आकस्मिक कक्षका ईन्चर्जका रुपमा कार्यरत उनलाई कोरोना संग मिल्दोजुल्दो लक्षण देखिए पछि एण्टीजेन बिधिबाट परिक्षण गरिएको थयो ।

परिक्षणका क्रममा उनलाई कोरोना देखिएपछि अस्पतालकै आईश्वलेसन वार्डमा उपचाररत थिए । १४ दिनको उपचार पछि उनि संक्रमण मुक्त भएका छन् ।

हेल्थ एसोशिएसन नेपाल अछामका उपाध्यक्ष समेत रहेका साँउद निको भएर घर फर्के संगैँ नियमित काममा पनि सक्रिय भएका छन्

कोरोनाको दोश्रो लहरमा असपतालका ५ जनालाई सक्रमण देखिएका मध्ये अन्य ४ जना भने आईश्वलेशनमै उपचार गराईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप
कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर