मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेहनत गरे स्वदेशमै सुन फल्छ : बेकरी उद्योग संचालक यूवा शर्मा

मेहनत गरे स्वदेशमै सुन फल्छ : बेकरी उद्योग संचालक यूवा शर्मा


अछाम : जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ६ भागेश्वरका यूवा उमेश शर्माले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बेकरी उद्योग संचालन गरिरहेका छन् । बिदेशमा बगाउने पसिनाको लगानी स्वदेशमै गरे आफ्नै देशमा सुन फल्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै व्यावसायमा लागेको उनको तर्क छ । ७ बर्ष गैर सरकारी संस्थामा जागिर गरेका शर्मा जागिर छाडेर व्यावसायमा लागे । गएका ९ बर्ष देखि उनले स्टेश्नगरी, होटल हुदैँ हाल बेकरी उद्योग संचालन गरिरहेका छन् ।

जागिर गर्दा सन्तुष्ट नभएका शर्मा अहिले आफुलाई सन्तुष्टी संगै खुशी र आम्दानी भईरहेको बताउछन् । उनि भन्छन् सुरुमा गैरसरकारी संस्थामा काम गरे, जागिर गर्दा मात्रै केही हुदैँन रहेछ भन्ने लाग्यो अनि व्यावसायमा सुरु गरे । बिदेश गएर पनि के गर्नु जता पनि गर्नु पर्ने मेहनत हो सोचर उनले बयालपाटा बजारमा स्टेश्नरी बाट व्यावसाय सुरु गरे । स्टेश्नरी संगै बयालपाटा अस्पतालमा स्टाफ क्यान्टिन पनि संचालन गरेका शर्माले दुवै व्यावसाइलाई नियमित गर्दै हाल धनगढीमा ह्यापी फे बेकरी उद्योग संचालन गरिरहेका छन् ।

बिदेश गएपनि स्वदेश रहे पनि गर्नु पर्ने मेहनत र लगानी हो, उसो भए किन बिदेशीने ? बिदेशमा बगाउने पसिनाको आफ्नै देशमा बगाए मनग्य आम्दानी सहित स्वरोजगार बन्न सकिन्छ ।

अछाममा बेकरी संचालन गर्ने सोच बनाएका शर्माले अछामको बजार प्रयाप्त नहुने भन्दै धनगढी बेकरी उद्योग संचालन गरे । ज्वाईको बेकरीमा लामो समय काम गरेको अनुभवका कारण आफुलाई बेकरी उद्योग संचालन गर्ने आँट आएको शर्मा सुनाउछन् । उनि भन्छन् सबैले कर्मचारी खोजेर नै व्यावसाय संचालन गरिरहेका बेला आफु संगै दक्ष जनशक्ती हुदाँ हुदै पनि किन नगर्ने भन्ने सोचेर २० लाख बढीको लगानीमा बेकरी उद्योग सुरु गरेँ ।

जता गएपनि पनि गर्नुपर्ने मेहनत हो त्यसैले धनगढीलाई केन्द्र बनाएर घरपरिवारको साथ र सहयोगले आफुले व्यावसाय पेशा अंगालेर सफल भएकोमा खुशी व्यक्त गर्छन् उमेश शर्मा । उनका पछाडी बहिनी ज्वाई कमल जोशी, उनकी श्रीमती शान्ति, भाईहरु पोषक, आशिस र अन्यको साथ रहेको छ ।

बेकरी उद्योगमा उनले नेपाली र भारतिय गरेर ११ जना कर्मचारी सहित ३ जना घरको मान्छे राखेर उद्योग अगाडी बढाईरहेका छन् । उत्पादित सामाग्री अहिले कैलालीमा मात्र आपूर्ती हुन्छ, आउने दिनमा डोटी, डडेल्धुरा, अछाम र बाजुरा सम्म आपूर्ती गर्ने लक्ष्य उनको छ । धनगढीमा उद्योगहरु धेरै छन् कसैले अनुदानका हिसाबले संचालन गरिरहेका छन्, कसैले आफ्नै लगानीमा शर्मा भन्छन् हामीले आफ्नै लगानीमा गरेका छौँ, अहिले अनुदान र सहयोग मिलेको छैन ।

बिदेशीने युवालाई स्वदेश मै मेहनत गर्न सुझाब दिन्छन् शर्मा । जहाँ गएपनि गर्नु पर्ने मेहनत र लगानी हो, किन बिदेशीने । बिदेशमा बगाउने पसिना स्वदेशमै बगाए मनग्य आम्दानी गर्न सकिने बिश्वास शर्माको छ । कसैको लहलहैमा लागेर ‘उसले बाख्रा पालन गर्यो म पनि गर्छु भन्ने सोच राख्नु राम्रो होईन’ शर्मा भन्छन् आफुले कुन व्यावसाय गर्दा सजिलो हुन्छ त्यो योजना बनाएर दिर्घकालिन रुपले पेशाका रुपमा व्यावसाय गरे अवश्य सफल भईन्छ ।