मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल बन्द

डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल बन्द

सुदूर आज

बाँके : बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । डाक्टर, नर्ससहित अस्पतालका ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल एक साताका लागि बन्द गरिएको हो । 

अस्पताल प्रशासका अनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सबै सेवा बन्द हुने छन् । 

बाँकेमा कोरोना संक्रमित संख्या उच्च रहेको छ । कोरोना संक्रमित बढेसँगै बाँकेलगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको छ । 

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको छ ।