मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघ अछामले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

महासंघ अछामले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने


अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । जिल्ला शाखा अछामको दोश्रो बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो ।

जिल्ला शाखा अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा बुधबार मंगलसेनमा बसेको बैठकले अप्ठेरोमा परेका महासंघमा आवद्ध जिल्लाका क्रियाशिल पत्रकार तथा संचारकर्मीको सहयोगार्थ पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कल्याण्कारी कोषका लागि छुट्टै खाता संचालन गर्ने र कोष संचालनको कार्यबिधी तयार पारी बिस्तृत रुपमा अगाडी बढाईने शाखा सचिव पूर्णबहादुर खड्काले बताए । आज पहिलो दिन कोषका लागि बैठकबाटै शाखा अध्यक्ष खत्रीले नगद ५ हजार सहयोग गर्ने घोषणा गरेको भन्दै कार्यसमिती अध्यक्षलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

बैठकले शाखाको भवन निर्माणका लागि मंगलसेन नगरपालिका वडा नं. ६ ठुलासैन निवासी दुरा भण्डारीले महासंघलाई जग्गा दान गर्ने घोषणा गरेपछि शाखाले जग्गा आफ्नो नाममा नामसारी गर्ने निर्णय पनि गरेको छ । नामसारीको काम कारबाहीको जिम्मेवारी शाखाका सहसचिव नमराज भण्डारीलाई दिईएको छ ।

यस्तै बैठकले महासंघको आफ्नै भवन निर्माण नहुञ्जेल सम्मका लागि जिल्ला समन्वय समितीले उपलब्ध गराएको कोठामा कार्यालय व्यावस्थापन गरी संचालन गर्ने निर्णय गरेको छ । उक्त कार्यका लागि सहसचिव नमराज भण्डारी, कोषाध्यक्ष भवानी प्रसाद भण्डारी, सदस्यहरु पवित्रा खड्का, टिकेन्द्र प्रसाद भण्डारी र शंकर थापालाई जिम्मेवारी प्रदान गरिएको छ ।

महासंघका कार्यक्रमलाई जिल्लामा ससक्त रुपमा अगाडी बढाउन, कार्यालय व्यावस्थापन गर्न र भवन निर्माणको सहयोगार्थ अछामका दशवटै स्थानिय तह र सरकारी कार्यालयहरु संग आर्थिक सहयोग माग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले यसअघि नै संचालनमा रहेको शाखाको आर्थिक कारोबारका लागि नव निर्वाचित कार्य समितीका अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षरित खाता परिर्वतन गर्ने निर्णय पनि गरेको छ ।