मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक नगरपालिकाले भारतबाट आएकाहरुको विवरण संकलन गर्ने

पञ्चदेवल विनायक नगरपालिकाले भारतबाट आएकाहरुको विवरण संकलन गर्ने

सुदूर आज

एल आर ढकाल, अछाम

जिल्लाको विनायक पञ्चदेवल विनायक नगरपालिकाले एक महिना यता भारतबाट फर्किएकाहरुको विवरण संकलन गर्ने भएको छ । कोरोना भाईरसको माहामारी पुनः बढ्दै गएपछी नगरले विवरण संकलन गर्ने निर्णय गरेकोे हो ।

बुधबार बसेको नगरपालिकाको संकट व्यावस्थापन समितिको बैठकले विवरण संकलन गर्ने निर्णय गरेको हो । एक महिना यता भारतबाट फर्किएका सबैजनाको विवरण संकलन गरेर उनिहरुको अवस्थाका बारेमा जानकारी लिने जनाईएको छ ।

उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन र कसैलाई स्वास्थ्य समस्या भएमा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलोको लागी उक्त निर्णय भएको नगरपालिकाका कार्यालय प्रमुख पदम बहादुर माझीले बताए ।

नगरप्रमुख देवराज देवकोटाको अध्यक्षतामा भएको बैठकले बेलखेतमा हेल्प डेस्क स्थापना गर्ने र जिल्ला प्रशासन कार्यालय अछामले गरेका निर्णयहरु पालना गर्ने निर्णय गरेको हो । बैठकमा छलफलका क्रममा उप प्रमुख अम्बिका चलाउनेले कोभिडबाट बच्नको लागी स्वास्थका मापदण्ड पालना गर्न गराउन सहभागी सबैमा अपिल गरिन ।

उनले संक्रमण कम गर्न सबैले भुमिका बढाउनु पर्ने धारणा राखिन । बैठकमा राजनैतिक दल, नेपाल पत्रकार महासंघ र बजार विकास समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।