मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साना र अझ राम्रा स्मार्टफोन क्यामेराहरु आउँदैछन्

साना र अझ राम्रा स्मार्टफोन क्यामेराहरु आउँदैछन्

सुदूर आज

बीबीसी । “आजका स्मार्टफोनको क्यामेराले बीस वर्ष अगाडि झन्डै ८ हजार डलर हालेर किनेको वास्तविक क्यामराभन्दा राम्रा तस्बिरहरु निकाल्छ,” अकल्यान्डस्थित प्रोफेसनल फोटोग्राफर टम आङ भन्छन् । 

अहिले हाम्रा स्मार्टफोनमा जडान क्यामेरा यति राम्रो गुणस्तरमा आइसकेका छन् कि धेरै युवाहरुलाई पहिलेको रिलवाला क्यामरा कल्पना गर्नसमेत अनौठो लाग्न थालिसकेको छ ।  

आङलाई भने अझै पनि उनको हाइ–एन्ड डीएसएलआर क्यामरा नै प्यारो छ ।  तर प्रायः मानिसहरु जीवनका यादगार क्षणहरु कैद गर्न स्मार्टफोनकै फोटो या भिडियोमा निर्भर छन् । 

जसमा पनि अझै धेरै सुधारहरु आवश्यक रहेको प्राविधिक बताउँछन् । किनकि अधिकांश स्मार्टफोनहरुले तौल र आकारका हिसाबले ठूलो अनि भारी लेन्स प्रणालीको प्रयोग गरिरहेका छन् जसले फोनको पछाडि पट्टीको ‘स्लिम’ डिजाइन नै बिगारिदिन्छ । 

त्यसैले अबको नजिकी भविष्यमा लेन्स प्रणालीमा ठूलो परिवर्तन आउने निश्चित छ । जसमा क्यामराको जुम गर्ने लगायत थुप्रै फिचरहरुमा सुधार ल्याउनाले तस्बिरहरु उज्यालो आउन सक्नेछ भने उता फोनमा लेन्सले कम ठाउँ ओगट्नेछ अनि तौल पनि बढी हुनेछैन ।