मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेदरल्यान्ड्सँग नेपाल पराजित

नेदरल्यान्ड्सँग नेपाल पराजित

सुदूर आज

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग ३ विकेटले पाराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २०७ रनको बलियो लक्ष्य नेदरल्यान्ड्ले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै २०९ रन बनायो । नेदरल्यान्डले दोस्रो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको थियो ।

नेपालका सन्दीप्ले दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ’डोडलाई एलबी डब्लु आउट गराएका हुन् । ओ डोडले ९ रबन बनाएर आउट भए ।छैटौं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सले आफ्नो दोस्रो विकेट गुमाएको थियो । उनले टोभियस भीसेलाई स्टमपिङ आउट गराएका थिए । उनले १५ रन बनाए । 

नेदरल्यान्ड्सले १२ ओभर ५ बलमा आफ्नो तेस्रो विकेट गुमाएको थियो । सन्दीपले सेट ब्याट्म्यान वेन कोपरलाई आउट गराएका हुन् । वेन कोपरलाई क्याच आउट गराए । सन्दीपको बलमा दिपेन्द्र सिंह ऐरीले क्याच आउट गराए ।

नेदरल्यान्डले आफ्नो चौथो विकेटको रुपमा आर्यान डटलाई गुमायो । नेपालका लागि कुशल मल्लले चौथो विकेट लिए । उनले आर्यान ठटलाई क्याच आउट गराए । १४ ओभरको तेस्रो बलमा उनले डटलाई आउट गराए । डटले खाता खोल्न सकेनन् ।

पाँचौं विकेटको रुपमा नेदरल्यान्ड्ले पिटर सेलरलाई गुमाएको थियो । सेलरलाई सन्दीपले क्याच आउट गराएको थियो । सेलरले ३१ रन बनाए । नेदरल्यान्ड्सले १८ ओभरको चौथो बलमा स्टड एन्ड्रडलाई गुमाएको थियो । उनी क्याच आउट भएका थिए । 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । दोस्रो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमाएको नेपालका लागि ज्ञानेन्द्र मल्ल र कुशलले इनिङ सम्हालेका थिए । 

नेपालका लागि ओपनरमा आएका आसिफ शेख खाता खोल्न नपाउँदै आउट भए । उनी दोस्रो ओभरको अन्तिम बलमा भिमिङ किममाङको बलमा क्याट आउट भएका थिए । उनलाई किममाङको बलमा कोकेपले क्याच आउट गराएका हुन् ।  

नेपालले सातौं ओभरको अन्तिम बलमा आफ्नो दोस्रो विकेट गुमाएको थियो ।  नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले २० रन बनाएर आउट भए । उनी सातौं ओभरको अन्तिम बलमा पिटर सेलरको बलमा क्याच आउट भए । पिटरले फालेको बलमा डी लेडले क्याच आउट गराएका थिए ।

कुशल भुर्तेलको रुपमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको थियो । कुशलले ६२ रनको योगदान गरे । उनलाई भिभिन किम्जाले क्याच आउट गराए । किम्जाले फालेको बलमा डी लिडले क्याच आउट गराए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी ६० रन बनाउँदै पेवेलियन फर्किए । उनी १६ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए । पिटर सेलरले उनलाई क्याच आउट गराए । पिटरको बलमा भिसेसले क्याच गरेका थिए । 

नेपालले १६ ओभर ४ बलमा आफ्नो पाँचौं विकेट गुमायो । नेपालका कुशल मल्ल ७ बलमा १८ रन बनाउँदै पेवेलियन फर्किए । उनी आर्यन डटको बलमा क्याच आउट भए । डटको बलमा भान मेकरनले क्यच आउट गराएका थिए । 

१६ ओभरको अन्तिम बलमा नेपालले करण केसीको रुपमा आफ्नो छैटौ विकेट गुमायो करण खाता नखोलेरै आउट भए । नेपालका लागि विनोद भण्डारीले ७ रन बनाउँदा सोमपाल कामीले २१ रनको योगदान गरे ।