मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ जना भन्दा बढी एकैठाउमा भेला नहुन जिल्ला प्रशासन कार्यालय अछामको आग्रह

१५ जना भन्दा बढी एकैठाउमा भेला नहुन जिल्ला प्रशासन कार्यालय अछामको आग्रह

सुदूर आज

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले १५ जना भन्दा बढी एकैठाउमा भेला नहुन आग्रह गरेको छ ।

नेपाल सरकारले पनि हिजो बाटै १५ जना भन्दा बढी एकैठाउमा जम्मा नहुने निर्णय गरेको भन्दै सो निर्णय जिल्लामा पनि पालना गर्न जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताए ।

बैठक, छलफल लगायतका कार्य अनलाईन मार्फत गर्न उनले आग्रह गरेका छन् । यस्तै भेला नै हुनु पर्ने भए १५ जना भन्दा कम मात्र भेला भई भौतिक दुरी कायम गर्नुपर्ने उनको भनाई छ ।

अछाममा आज चैते दशैको पनि भएकाले भिडभाड बढी हुने भन्दै सबैले सर्तकता अपनाउन उनले आग्रह गरे । आज दिउसो २ बजे बस्ने जिल्ला सुरक्षा समितीको बैठकले यसबारे थप निर्णय गर्ने प्रजिअ मल्लको भनाई छ ।