मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली आज इन्डियाको तुमशरणम् भइसके : देउवा

ओली आज इन्डियाको तुमशरणम् भइसके : देउवा

सुदूर आज

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा बाल्मिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा देउवाले प्रधानमन्त्री ओली भारतसामु लम्पसार परेको आरोप लगाएका हुन्।

ओलीले हिजो आफूलाई राष्ट्रवादी भन्ने गरे पनि आज भारतकै टाङमुनि छिरेको देउवाको आरोप छ। ‘हिजो सबैभन्दा राष्ट्रवादी हुँ भन्ने भारतको तुमशरणम् भइसके। भारतविरोधी नाराबाट जितेका ओली अहिले भारतको टाङमुनि छिरिसके’, देउवाले भने। ओली राष्ट्रवादी नभई अवसरवादी भएको देउवाको आरोप थियो।

देउवाले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकाले ओलीको सरकार बहुमतमै रहेको बताए। जसपाले समेत ओलीलाई नै सहयोग गर्न खोजिरहेको देउवाको भनाइ थियो।