मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ जना कोरोना संक्रमित जिल्ला अस्पताल अछामको आइसोलेशनमा

२ जना कोरोना संक्रमित जिल्ला अस्पताल अछामको आइसोलेशनमा


अछाम : जिल्लामा २ जना कोरोना संक्रमितको स्वास्थ्यमा समस्या आएपछी आइसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुका ३१ बर्षिय र साफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका २५ बर्षिय पुरुषलाई जिल्ला अस्पताल मंगलसेनको आईशुलसेन वार्डमा राखेर उपचार सुरु गरिएको हो ।

१४ दिन अघि भारतबाट घर आएका ३१ बर्षिय जुपुका पुरुषलाई स्वास फेर्न अप्ठेरो भएपछी कोरोनाको एन्टीजेन परिक्षण गरिएको थियो।

कोरोनासंग जुल्दो लक्षण देखिएपछि आइतबार एन्टीजेन परिक्षण गर्दा जिल्ला अस्पतालमा पुष्टि भएको जिल्ला अस्पतालका सुचना अधिकारी गँगा बुढा मगरले बताइन् । हिजो चेकजाँच सहीत भर्ना गर्दा निकै असहज बिरामी अहीले नियमीत अक्सीजन र औषधि चलाउदा क्रमीक रुपमा सुधार हुदै गएको बुढाले जानकारी दिइन ।

साँफेबगरका २५ बर्षिय पुरुष पनी भारतबाटै आएको र बयलपाटा अस्पतालमा चेकजाँच गर्दा कोरोना पुष्टि भएपछी जिल्ला अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा उपचार जारी रहेको उनले बताइन् । अछाममा धेरै नागरिक यतिबेला भारतबाट गाउमा आएकाले सबैले स्वास्थ्य संस्थामा सेवा लिन आउदा स्वास्थ्य सम्बन्धीका सबै मापदण्ड पालना गर्न उनको आग्रह छ।