मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरिया जान छोडेर व्यावसायमा लागेका कुवँर करोडौँका मालिक

कोरिया जान छोडेर व्यावसायमा लागेका कुवँर करोडौँका मालिक

४० हजार ऋणबाट व्यावसाय सुरु गरेका कृष्ण कुवँर एक सफल व्यावसायी


४० हजार ऋणबाट व्यावसाय सुरु गरेका कृष्ण कुवँर एक सफल व्यावसायी

अछाम : जिल्लाको साँफेबगर नगरपालिका वडा नंं ३ का कृष्ण कुवँर एक सफल व्यावसायीका रुपमा चिनिन्छन् । २०६९ सालमा स्टेश्नरी बाट व्यावसायको थालनी गरेका कुवँरले ४/५ वटा विभिन्न क्षेत्रमा लगानी गरेर छोटो समयमै आफुलाई एक सफल व्यक्तीको परिचय दिन सफल भएका छन् । एञ्जिला पुस्तक पसलबाट व्यावसाय सुरु गरेका कुवँरले अहिले एलपी प्रिटिंग प्रेस, ग्रिन जोन नेपाल, एञ्जिला होटल लगायतका व्यावसाय संचालन गरिरहेका छन् ।

व्यावसाय संगै कुवँरले आफुलाई एक सामाजिक व्यक्तीत्वको रुपमा समेत उभ्याएका छन् । कुवँरले विभिन्न समयमा समाजका विभन्न क्षेत्रमा परोपकारी, पर्यटन प्रबद्र्धन, खेलकुद क्षेत्रको विकास, शैक्षिक गुणस्तरका लागि लगानी, छात्रबृद्धि, असाह्य, गरिब तथा जेहेन्दार बिद्यार्थी लाई आर्थिक सहयोग लगायतका काम गर्दै आईरहेका छन् ।

कृष्ण कुवँरको व्यावसाय क्षेत्र प्रबेश

कुवँर बुवाको ५२ बर्षको उमेरमा जन्मिएका एक्ला छोरा । सानै देखि लगनशिल, सबैको मन जित्ने, पढाईमा पनि अब्बल र गाँउमा बस्दा सामाजिक काममा समेत सक्रिय भईरहेने स्वाभाव थियो कुवँरको । । कुवँर भन्छन् जीवनमा कसैको नराम्रो हुने काम गरिएन त्यसैको फलस्वरुप आफुलाई हरेक काममा सफलता मिलेको उनि सुनाउछँन । आफुमा केही फरक गर्न सक्छु भन्ने आँट थियो पहिल्यै थियो कुवँर भन्छन् । सानै देखि समाजको बिश्वास कायम गर्दा गर्दै अघि बढियो त्यसैको परिणाम ने सफलता हो जस्तो लाग्छ कुवँरलाई।

उनले व्यावसाय सुरु गर्नु पहिले २०६१ सालमा निजि श्रोतबात सरकारी स्कुलमा काम गर्न थाले । स्कुलमा पढाउदा कुवँरलाई सन्तुष्टी नमिलेपछि उनले कोरिया जाने योजना बनाए । त्यसका लागि उनि काठमाण्डौँ गएर ३ महिना कोरियन भाषा समेत अध्ययन गरे । कोरियन भाषा पढ्दै गर्दे उनका अग्रज बाजे पूर्व राजदुत बलबहादुर कुवँरले बिदेश नजान सल्लाह दिए । अछाममै बसेर बिद्युतमा जागिर गर्ने गरी तयारी गर्न सुझाए। २०६२/६३ को आन्दोलनको समय थियो । त्यति बेला तयारी गर्दै गर्दा आयोगको परिक्षा समेत भएन आफु पनि आन्दोलनमा सहभागी भएको कृष्ण सम्झ्न्छन् । सरकारी जागिर गर्ने कृष्णको ईच्छा समेत अधुरो रह्यो । त्यसपछि कृष्णले २०६४ देखि २०६८ सम्म साँफेबगरमा बोर्डिगं स्कुलको व्यावस्थापनको जिम्मा गर्ने काम गरे । उनले ४ बर्ष सम्म बोडिंगमा काम गरे । उनि सम्झ्न्छन अहिले बोर्डिगं स्कुल यहाँ सम्म आउनुका पछाडी आफ्नो पनि योग्दान रहेको बताउछन् ।

त्यसबाट पनि उनलाई खास्सै सन्तुष्टी नमिलेपछि उनले व्यावसाय गर्ने योजना बनाए । २०६९ सालमा साँफेबगरमा बस्दै आएका मुस्लीम दाजुभाई जियाउल हक र वकिल शेख संग ४० हजार सापटी मागेर सेबिका स्टेश्नरी पसललाई उनले खरिद गरे । कृष्ण उनीहरुलाइ आफ्नो सहाेदर दाइ जत्तिकै मान्छन । व्यासाय सुरु गर्दा आफुसंग साथमा कोही थिएन उनि भन्छन् एक्लै आँट गरे । पसल खरिद गर्दा सामान केही थिएन कुवँर भन्छन् त्यो लगत्तै आफु घनगढी गएँ । चौलानीका मालिक संग क्याम्पस पढ्दा देखिको चिनजानले उनले उदारोमा सामान ल्याएर भएपनि काम गरे ।

त्यति गर्दा पनि पसलमा प्राय समानको अभाव नै भयो उनि भन्छन् घरमा बुवा संग सल्लाह गरेर बुवाको नाममा रहेको जग्गा धितो राखेर पैसा ऋण निकाल्ने प्रक्रिया गरे । तर त्यो कुरा घरपरिवारलाई मान्य भएन जेनतेन गरेर व्यावसायलाई निरन्तरता दिए । उनले व्यावसाय सुरु गरेको ६ महिनामै बुवा गुमाउनु पर्यो । बुवा गमाउदाँको पिडा एकातिर सापटी मागेर ऋणमा व्यावसाय गरेको दुख अर्को तिर थियो उनलाई । उनले हिम्मत हारेनन् । बुवा बितेपछि उनले कृषि विकास बेँक बाट ५ लाख ऋण निकालेर भएपनि व्यावसायलाई राम्रो गर्ने अठोट् गरे । त्यसैगरी उनले अर्को पटक २५ लाख ऋण निकालेर व्यावसायलाई बढुवा गर्दै गए । उनि क्रमश व्यावसायमा सफल हुदैँ छोटो समयमै १ करोडको समान खरिद गर्न सफल भए । त्यपछिका दिनमा आफुले पछाडी फर्केर हर्नु नपरेकोमा उनि खुशी व्यक्त गर्छन् ।

उनि व्यावसायमा सफल हुनुका पछाडी बैंकको ऋण, साहुको बिश्वास र समाजका आफन्त, बिद्यालय लगायत क्षेत्रका व्यक्तीहरुको सद्भाव भएको सुनाउछन् । अहिले कुवँरले स्टेश्नरी संगै यस क्षेत्रका जनताको सहजताका लागि ईलेक्टोनिक, फर्निचर, प्लाष्टिक, कार्यालयका आवश्यक पर्ने सामाग्री समेत उपलब्ध गराउनेका छन् ।

दोश्रो सफलता एलपी प्रिटिंगं प्रेसको सुरुवात ।

देश संघियतामा नजानु पहिले व्यापार व्यावसाय एकैठाँउमा केन्द्रित थियो । स्थानिय तहको संरचनामा देश गएपछि स्थानिय तहहरुलाई स्वायत्तता मिल्यो । सदरमुकाम केन्द्रित कार्यालयहरु विभिन्न ठाँउमा स्थापना भए । त्यपछि कुवँरले स्थानिय तहको सहजताका लागि साँफेबगरमा छापाखानाको सोच बनाए । २२ लाखको लगानीमा छापाखाना सुरु गरेका कुँवरले पहिलो बर्ष नै ६० लाख बराबरको काम गर्न सफल भए । उनले अहिले एलपी प्रिटंग प्रेस छापाखाना मार्फत अछाम र बाजुराका स्थानिय तहलाई सेवा दिईरहेका छन् ।

दाुजभाईको सयूक्त लगानीमा ग्रिन जोन नेपालको स्थापना ।

आफुले सुरु गरेका हरेक व्यावसायमा सफलता मिलेपछि उनलाई एउटा फरक काम गर्नुपर्छ भन्ने सोच आयो । आफुले मात्रै गरेर हुदैँन, दाजुभाईलाई पनि आत्मनिर्भर बनाउनु पर्छ भन्ने सोच उनमा आयो । त्यसपछि उनले घरमा चार बाजेका ४ नाति (आफुसहित) लाई एकिकृत गर्दै कृषि क्षेत्रलाई बढुवा दिन र स्वरोजगार बन्न ग्रिन जोन नेपालको स्थापना गरे ।

सरकारले पनि कृषि क्षेत्रलाई अनुदान दिईरहेका बेला काम गर्न पनि सजिलो हुने भनरे उनले त्यो पेशालाई विकल्पका रुपमा अघि सारे । उक्त कुरामा ४ वटै दाुभाईको सहमती भएपछि ग्रिन जोनको सुरुवात गरिएको उनि बताउछन् । ४ दाजुभाईको ६ लाख २५ हजारका दरले २५ लाखको लागतमा ग्रिन जोन संचालनमा रहको उन बताउछन् । जसमा कुखुरा पालन, खस्सी, तरकारी लगायतका व्यावसाय भईरहेका छन् भने ग्रिन जोन दुध डेरी पनि सञ्चालनमा रहेको छ ।

लकडाउनमा तराईबाट अण्डा, कुखुराको आपुर्ती नभईरहेका बेला कुवँरले साँफेबगरबाटै प्राप्त मात्रामा सो कुराको आपूर्ति गर्न सफल भए । कृषिमा सबै मान्छे पहिले देखि लागे पनि त्यो व्यावसायिक बन्न नसकेको भन्दै उनले समाजलाई पनि केहि दिनुपर्छ र फरक पहिचान बनाउनु पर्छ भनेर ग्रिन जोनको अवधारणा ल्याएको सुनाउछन् । बाँजो रहेका जग्गा जमिनलाई भाडामा लगेर काम सुरु गरेको उनको भनाई छ । कृषीमा काम गरेपछि सरकारी निकाय, स्थानिय तहबाट अनुदान पाईने भएपनि आफुले अहिले सम्म कतैबाट सहयोग नपाएको उनको दुखेसो पनि छ ।

साँफेमा सुबिधा सम्पन्न आुधनिक होटल र मिनि मार्ट अबको अवधारणा

सामाजसेवामा पनि सक्रिय रहने कुवँरले हाल संचालनमा रहेका व्यावसाय संगै आधुनिक सुबिधा सम्पन्न होटलको अवधारणा समेत अघि सारेका छन् । अबको दुइ बर्ष भित्रै साँफेमा आधुनिक होटेल संचालानमा ल्याउने तयारी उनको छ । त्यसैको सुरुवात स्वरुप अहिले भाडामा लिएर होटेल एञ्जिला सुरु भईसकेको उनले सुनाए । होटेल संचालन भएपछि आन्तिरिक पर्यटन प्रर्बद्धनमा मुख्य टेवा पुग्ने उनको बिश्वास छ । आफ्नो पहिचान स्टेश्नरी लै नै बनाएकाले त्यसको निरन्तरता संगै अर्को योजना साँफेमा पहिलो पटक मिनि मार्ट संचालन गर्ने योजना उनको छ । अनलाईन प्रणालीको प्रयोग गरि भुक्तानी बिलिगं लगायतका काम अनलाईन बाटै गर्ने गरी मिनि मार्ट जेठ पहिलो साता देखि संचालन गर्ने तयारी भईरहेको उनले बताए ।

व्यावस्थापनमा चुनौती

व्यावसायका हिसाबले मैले धेरै ठाँउमा लगानी गरेको छु कुवँर भन्छन् काम गर्न चुनौती त धेरै छ तर यसको सामना गर्नु पर्ने उनको अठोट छ । आफुले नेतृत्व गरे पनि सबै क्षेत्रका लागि १० जना बढी काम गर्ने कर्मचारी छन् उनका । आफु यता उता जानुपर्छ उनि भन्छ्न व्यावसायमा सफल हुनका पछाडी श्रीमतीको सबैभन्दा बढी मेहनत छ । श्रीमतको साथले आफुलाई धेरै सहयोग पुगेकोमा कुवँर खुशी व्यक्त गर्छन । सबै सफलताको श्रेय श्रीमती पशुपती कुवँरलाई दिन्छन् कृष्ण ।

व्यावसाय संगै समाजसेवामा सक्रियता

कृष्ण कुवँर व्यावसायमा मात्रै भनई आफुलाई एक सामाजिक क्षेत्रमा परोपकारी काम गर्ने व्यक्तीको रुपमा नाम दर्ज गराउन सफल भएका छन् । परोपकारी भावनाले उनले समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् । मानिस सामाजिक प्राणी हो आफुले बर्ष भरी गरेको कमाईको ५ प्रतिशत रकम समाजलाई दिनुपर्छ भन्ने उनको धारणा छ ।

अस्पताललाई सहयोग, गरिब बिद्यार्थीलाई छात्रबृद्धि, बेदबिद्याश्रमका बटुकलाई शैक्षिक सामाग्री, आफनै लगानीमा खेलकुद प्रतियोगिता, अक्षयकोष स्थापना, लगायत काम उनले गरिरहेका परोपकारी कामका उदाहरण हुन् । उनले त्यति मात्र नभई २०७४ सालमा साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिकाका नुमना बिद्यालयका प्राधानाध्यापकलाई शैक्षिक भ्रमण समेत गराए । पहिलो पटक निजि क्षेत्रको लगानीमा उनले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अछाममा कमजोर भएको भन्दै अन्य जिल्लामा कसरी संचालन भईरहेको छ भनेर शैक्षिक भम्रण गराएका थिए ।

समाज सुधारका लागि आफ्नो पनि दायित्व भएको भन्दै शिक्षा क्षेत्र सुधारका लागि आफुले त्यस कामको थालनी गरेको उनि बताउछन् । आउने दिनमा समेत अछामका १० वटै स्थानिय तहका नमुना बिद्यालयबाट प्रधानाध्यापकलाई जेठको पहिलो हप्ता देशका विभिन्न नुमना बिद्यालय भम्रण गराउने योजना कुवँरको छ । र उनिहरु फर्किसकेपछि ति शिक्षकहरुले के कति सिकाई गरे भनेर पालिकाका प्रमुखहरुसंग साँफबेगरमा अन्तरक्रिया गर्ने उनले बताए ।

बेरोजगारलाई सल्लाह ।

कुनै पनि व्यक्ती आफैमा सक्षम बन्न सुरुवात पनि आफै बाट गर्नेपर्ने सोच कुवँरको छ । प्रेरणाका रुपमा समाजका सफल व्यक्तीको कामलाई सिकाईका रुपमा व्यावहारमा लागु गरे सफल भईने उनको बुझाई छ । युवामा आफु यो काम गर्न सक्छु भन्ने आत्मविश्वास हुनु पर्नेमा कुवँरको जोड छ । लगनशिल, मेहनती भएर कामको सुरुवात गरे कसैले पनि बिदेश नगई स्वदेशमा आत्मनिर्भर संगै अरुलाई पनि रोजगारी सृजना गर्न सकिने बिश्वास कृष्ण कुवँरको छ ।