मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि असिनासहितको वर्षा हुने

आज पनि असिनासहितको वर्षा हुने


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज पनि असिनासहितको क्षणिक वर्षा हुने सम्भावना रहेको जनाएको छ। 

हिजो दिउँसो पनि असिनासहितको वर्षा भएको थियो। 

महाशाखाका अनुसार आज देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। 

देशका पहाडी भू–भाग र तराईका केही स्थानहरूमा मेघगर्जन,चट्टयाङ्, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव छ।