अर्थ

इमर्जिङ नेपालले साधारण सेयर बिक्री गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर बिक्रीका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार १०० रुपैयाँअंकित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

सेयर बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको हो । सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण सेयर बिक्री गरिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपाल भित्रियो मनसुन, सतर्क रहन विभागको आग्रह
स्थापनाको ४६ बर्ष पछि जिल्ला अस्पतालले पायो पहिलो पटक एमडीजिपी
पेट्रोलियम पदार्थको मूल्य बढाइयो
अस्पताल भर्ना हुनु पहिले सुगर जाँच्‍नु आवश्यक