मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीएफआईएनले साधारण सेयर बिक्री गर्ने

बीएफआईएनले साधारण सेयर बिक्री गर्ने

सुदूर आज

काठमाडौं । साधारण सेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) पनि जोडिने भएको छ ।

सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बीएफआईएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एनआईसी एशिया क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

बीएफआईएनले बिहीबार एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकको नियुक्तिसँगै सेयर बिक्री गर्ने घोषणा गरिएको हो ।

कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा ५५ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । रासस