मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका लागि अछामबाट ३ जनाको उम्मेद्धवारी ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका लागि अछामबाट ३ जनाको उम्मेद्धवारी ।

शाही कोषाध्यक्ष, बिसी र थापा सदस्य पदका लागी चुनावी दौडमा ।


शाही कोषाध्यक्ष, बिसी र थापा सदस्य पदका लागी चुनावी दौडमा ।

अछाम । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको विभिन्न पदका लागि अछामबाट ३ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश कोषाध्यक्षका लागि अछामका पुराना पत्रकार नरेश कुमार शाही चुनावी मैदानमा उत्रिएका छन् । शाही नेकपा एमाले निकट प्रेस चौतारीको केपी समुहबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

कोषाध्यक्ष अछामको भागमा परेपछि संगठनले शाहीलाई उम्मेद्धवार बनाएको प्रेस चौतारीका जिल्ला संयोजक कृष्ण बहादुर बुढाले बताए ।
२ दशक देखी पत्रकारीता पेशमा क्रियाशिल शाही अछामबाट प्रकाशित हुने पहिलो राष्टिय दैनिक रामारोशन दैनिकका प्रकाशक एवंम सम्पादक हुन् ।

शाही यसअघि नेपाल पत्रकार महासंघ अछामको जिल्ला सदस्य समेत भएका थिए । शाही एमाले निकट प्रेस चौतारीका प्रदेश सदस्य समेत हुन् । प्रदेशका सबै जिल्लामा आफ्नो चिनजान राम्रो रहेको र अछामबाट पनि सबैले संगठन नहेरी यसपटक आफुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रदेश सदस्यमा अछामबाट बिसी र थापाको उम्मेद्धवारी ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको सदस्यका लािग अछामबाट २ जनाको उम्मेवारी परेको छ । नेपाल प्रेस यूनियनले अछामबाट पत्रकार धमेन्द्र बिसीलाई प्रदेश सदस्यको उम्मेद्धवार बनाएको छ । अछामको भागमा १ सदस्य परेपछि जिल्लाबाट निर्विरोध बिसीलाई टिकट दिईएको प्रेस यूनियन अछामले जनाएको छ ।

बिसी एक दशक देखी पत्रकारीता पेशामा क्रियाशिल छन् उनले अछाम, कैलाली, सुर्खेत र बाँकेमा समेत पत्रकारीता गरेको अनुभव छ । पत्रकार बिसी हाल अछाम जिल्लाबाट प्रसारण हुने रेडियो जालपाका कार्यकारी निर्देशक हुन् ।

प्रेस युीनयन सहित ११ संगठनको एलाईन्समा बनेको गठबन्धनको साझा उम्मेद्धवार भएकाले आफु जित्नेमा ढुक्क रहेको बिसीको भनाई छ । एकमत भएर प्रदेश सदस्यमा बिसीलाई जिताउन सबै लाग्नु पर्ने प्रेस युनियनका नेता बेदप्रकाश तिमिल्सैनाले आग्रह गरे ।

यस्तै केपी समुह निकट प्रेस चौतारी नेपालबाट प्रदेश सदस्यमा अछामका पत्रकार चन्द्र थापाले समेत उमेद्धवारी दिएका छन् । अछामको भागमा कोषाध्यक्ष सहित सदस्य परेपछि थापालाई जिल्ला संगठनले सदस्यको टिकट दिएको हो ।

थापा बिगत एक दशक देखि रेडियो पत्रकारीता पेशामा क्रियाशिल छन् । उनि अछाम स्थित पहिलो सामुदायिक रेडियो रामारोशनका स्टेशन म्यानेजर हुन् भने अछामबाट उज्यालोका लागि समेत सम्बाद्दताको रुपमा काम गरिरहेका छन् ।