मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी अछाममा आर्थिक संकलन अभियान

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी अछाममा आर्थिक संकलन अभियान


अछाम : चितवनमा निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी अछाम जिल्लामा पनी आर्थिक रकम संकलनको अभियान थालिएको छ । सदरमुकाम मंगलसेनबाट नयाँ तारा कला सागर अछामको नेतृत्वमा सामाजिक अभियान्ता युवाले आर्थिक संकलनको थालनी गरेका हुन ।

धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माण हुन लागेको रंगशालाका लागी अध्यक्ष तथा कलाकार सिताराम कट्टेल धुर्मुसले मेची महाकाली आर्थिक संकलन अभियानको थालनी गरेपछी उहाँ अछाम पुगेपछी हस्तान्तरणका लागी आर्थिक संकलन अभियानको थालनी गरिएको हो । सदरमुकाम मंगलसेन बजारमा ब्यापारी, समाजसेवि, बुद्धिजीवीको सहयोगमा पहीलो दिन संकलन भएको १८ हजार ४ सय १० रकम सार्वजनिक गरिएको छ छ ।

पहीलो दिनको रकममा सबैभन्दा बढी सागर डिजिटल एण्ड फोटो स्टुेडियोबाट १ हजार ५, हिमाल ट्रेडर्स एण्ड सप्लायर्सबाट १ हजार ५ रुपैया संकलन भएको समाजिक अभियान्ता तथा आर्थिक संकलन अभियानका संयोजक रिदम बिसिले जानकारी दिए । पहीलो दिनमा संकलीत रकमको सार्वजनिक तथा समापन कार्यक्रममा जिल्ला युवा संञ्जाल अछामका अध्यक्ष तथा रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर कमल कुमार रावल प्रमुख अतिथी रहेका थिए।

प्रमुख अतिथी रावलले कलाकारले थालेको अभियानमा सबैले साथ दिनु पर्ने बताए । यतिबेला आर्थिक अभाबका कारण रंगशालाको काम रोकीने अबस्था आएकाले सबैक्षेत्रबाट सहयोग हुनु पर्ने रावलले बताए ।

अछाम जिल्ला संञ्चालन हुने राहत संकलन अभियानमा आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जनाएका थिए । रिदम बिसिको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगर स्तरिय युवा संञ्जालका अध्यक्ष जगत भण्डारी, दिपा भण्डारी, सबै युवाको सहभागीता रहेको थियो । समापन कार्यक्रमको संञ्चालन युवा निराजन भण्डारीले गरेका थिए ।