मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघको केन्द्रिय सदस्यका लागि अछामबाट खत्रीको उम्मेद्धवारी दर्ता

महासंघको केन्द्रिय सदस्यका लागि अछामबाट खत्रीको उम्मेद्धवारी दर्ता


अछाम । आसन्न नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यका लागि पत्रकार शिबराज खत्रीले उम्मेद्धवारी दर्ता गराएका छन् । अछाम शाखा बाट प्रतिनिधित्व गर्दै खत्रीले महासंघको खुल्ला केन्द्रिय सदस्य पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

उनले शनिबार साँझ ५ बजे नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, प्रेस युीनयनका नेता बिपुल पोखरेल, खिला कार्की लगायत यूनियनका सुदुरपश्चिमका नेताहरुको उपस्थितीमा आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् ।

नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष बेदप्रकाश तिमिल्सैनाको सक्रियतामा खत्रीले केन्द्रिय सदस्यमा उम्मेद्धवारी दर्ता गराएको बताए ।

खत्रीको पत्रकारीता क्षेत्रमा पुरयाएको योगदान र सुशासन, विकास निर्मााण, पार्दशिता र देश विकासका पक्षमा चलाएको कलमले उनलाई युनियन अछामले अघि सारेको युनियन अछामका नेता बेदप्रकाश तिमिल्सैनाले बताए ।

खत्रीलाई प्रेस युनियनको नेतृत्वको गठबन्धनले खुल्ला केन्द्रीय सदस्यको उम्मेदवारी बनाएको हो।

खत्रीको पत्रकारीता यात्रा

नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यको लागि उम्मेद्धवारी दिएका पत्रकार शिबराज खत्री २ दशक देखि पत्रकारीता पेशमा क्रियाशिल छन् । उनले अछाम, कैलाली र काठमाण्डौमा पत्रकारीता गरेको अनुभव छ । राष्ट्रिय मिडिया अन्नपुर्ण देखी अन्य पत्रिका, टेलिभिजन, अनर्लान पत्रिकामा समेत काम गरेको अनुभव छ ।

उनि नेपाल समय डटकम र हाल थाहाखबर अनलाइनमा आवद्व हुनुहुन्छ। खत्रीले यसअघि क्षेत्रीय शिक्षा पत्रकारिता २०६६, राष्ट्रीय सरसफाइ पत्रकारिता पुरस्कार २०६६, मानव अधिकारको क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको उत्कृष्ट जिल्ला प्रतिनिधि सम्मान २०६९ लगायत थुप्रै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन्।

खत्रीले अछाममा खप्तड दैनिकको स्थापना गरी जिल्लाका विभिन्न सवालमा सक्रिय भुमिका निर्वाह गरेका छन् । यस्तै अछाममा रेडियो अछामको स्थापना गरेर रेडियोको नेतृत्व तहमा समेत काम गरेका छन् ।