मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना


काठमाडौं । प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन÷चट्टयाङ्गसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।