मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शे–फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ

शे–फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ


काठमाडौं । वर्ल्लिंकले शे–फोक्सुन्डो तालमा निःशुल्क वाइफाइको व्यवस्था गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले निःशुल्क वाइफाइ सेवाको शुभारम्भ गरे ।

वर्ल्डलिंकले नेपालको प्रमुख पर्यटकीयस्थलमा आउने पर्यटकका लागि सूचना–प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको जनाएको छ ।

कम्पनीका अध्यक्ष अग्रवालले उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पासम्म फाइबर विस्तार गर्न कम्पनी तयार रहेको बताए । फोक्सुन्डोसम्म इन्टरनेट पुर्‍याउन वर्ल्डलिंकले ११ स्थानमा टावर जडान गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटक आफन्तसँग जोडिन यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कान्जिरोवा हिमालको काखमा अवस्थित समुद्री सतहभन्दा ३६ सय ६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पामा अवस्थित शे–फोक्सुन्डो नेपालको गहिरो ताल हो । यो ताल सुन्दरताको लागि विश्वप्रसिद्ध छ ।