मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ निरिक्षक जोशी सम्मानित

स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ निरिक्षक जोशी सम्मानित


अछाम । स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ निरिक्षक देव जोशी सम्मानित भएका छन् । बिश्व क्षयरोग दिवसको अवसरमा जोशी सम्मानित भएका हुन् ।

स्वास्थ्य कार्यालय अछाममा रहेर क्षयकुष्ठ रोग निवारणमा खेलेको भुमिकाको कदर गर्दै सम्मानि गरिएको हो । उनलाई दिर्घराना बम, समुन्द्रा प्रतिष्ठानले बिश्व क्षयरोग दिवसको अवसरमा सम्मान गरेको हो ।

निरिक्षक जोशीले स्वास्थ्य कार्यालय अछाममा रहेर कोभिड १९ को बेला समेत सुचना प्रवाहमा उल्लेख भुमिका निर्वाह गरेका थिए ।

स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी समेत रहेका जोशीले स्वास्थ्यका क्षेत्रमा राम्रो भुमिका निर्वाह गरिरहेको स्वास्थ्य कार्यालय अछामका प्रमखु झनक ढुंगानाले बताए ।