मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रथम कमलबजार साँस्कृतिक महोत्सब आज सकियो

प्रथम कमलबजार साँस्कृतिक महोत्सब आज सकियो


अछाम : अछाम जिल्लाको कमलबजारमा आयोजित प्रथम कमलबजार साँस्कृतिक महोत्सब २०७७ को आज एक कार्यक्रमका बिच समापन गरीएको छ । स्वच्छ गाँउ स्वच्छ सहर अछामको संस्कृती जोगाउने हाम्रो रहर भन्ने मूल सहित फाल्गुण २३ गते बाट सुरु माहेत्सब चैत्र २ गते अर्थात आज सम्म जारी थियो ।

प्रथम कमलबजार साँस्कृतिक महोत्सब २०७७ मा बिभिन्न ख्याती प्राप्त राष्ट्रीय तथा स्थानिय कलाकारहरुका प्रस्तुती बाट दर्शकले भरपुर मनोरञ्जन लिएका छन् । चेतना जनजागरण यूवा क्लबको आयोजना, कमलबजार नगरपालिकाको संमन्वय तथा कमलबजार बजार बिकास समिती प्रबधक रहेको प्रथम कमलबजार साँस्कृतिक महोत्सबको कमलबजार नगरपालिकाका नगर उप प्रमूख भुमीसरण ढकाल बजगाई द्धारा समापन गरीएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति नगर उपप्रमुख बजगाइले चेतना जनजागरण यूवाक्लबलाइ धन्यबाद दिदै आगामि बर्ष हरुमा पनि यस्ता कार्यक्रमहरु गर्नेमा नगरपालिका सधै सहयोग गर्न पछाडि नपर्ने धारणा व्यक्त गरिन् । साथै उनले कमलबजारमा बिभनन ख्याति प्रप्त राष्टिय तथा स्थानिय कलाकारहरु आउनु आफैमा एक एतिहासिक कार्य भएको बताईन्।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य सारदा कुवर नेपालि कांग्रेसका नगर सभापति सर्प बहादुर बिष्ट, अछाम उद्योग बाणिज्य संघका सचिब कृष्ण प्रसाद ढकाल, रेडियो कमलबजारका अध्यक्ष पुष्पराज अधिकारी, कमलबजार नगरपालिका बिभिन्न वडा का वडा अध्यक्ष हरु लगायतका अथितिहरुको सहभागिता रहेको थियो ।

महोत्सब आयोजक समितिका संयोजक योगेन्द्र बहादुर साउदको स्वागत मन्त्ब्य बाट सुरु भएको कार्यक्रमको संचालन सुंरेन्द्र साउदले गरेका थिए।