मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तथ्यांकलाई प्रभावकारी बनाउन कागज रहित अवधारणा स्वास्थ्यका सबै तहमा लागु गरिने : डा अवस्थी

तथ्यांकलाई प्रभावकारी बनाउन कागज रहित अवधारणा स्वास्थ्यका सबै तहमा लागु गरिने : डा अवस्थी

eLMIS सम्बन्धी ३ दिने तालिम धनगढीमा सुरु


‘eLMIS सम्बन्धी ३ दिने तालिम धनगढीमा सुरु’

धनगढी : सुदूर पश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले अबको आधुनिक युगमा तथ्यांकलाई बढुवा दिनुपर्नेमा जोड दिएका छन् । बिद्युतिय तथ्यांकमा सुदूरपश्चिम अगाडी नै रहेको भन्दै निर्देशक डा. अवस्थीले अब व्यावहारिक रुपमा लागु गर्न प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताए ।

कागज रहित अवधारणालाई सबै तहमा लागु गर्न योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने अहिलेको ट्डकारो आवश्यक्ता भएको उनको भनाई थियो । प्रविधिको जमानमा तथ्यांक बिना केही काम नहुने भन्दै उनले स्वास्थ्य क्षेत्रका सबै तहका ईकाईहरु पनि संगसंगै अघि बढ्नुपर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयका तथ्यांक तथा स्टोर फाँटमा कार्यरत कर्मचारीहरुका लागि धनगढीमा आयोजित ३ दिने eLMIS प्रयोगकर्ता सम्बन्धी तालिमका अवसरमा उदघाट्न शत्रमा बोल्दै निर्देशक डा. अवस्थीले प्रदेशको आपूर्ती व्यावस्थापनलाई सहज बनाउन वडा देखि जिल्ला तहबाटै यसको प्रभावकारी प्रयोग हुनुपर्ने उल्लेख गरे ।

बिधुतिय माध्यमबाट हुने तथ्यांकका कामले प्रभावकारीता, पार्दशिता कायम हुने भएकाले यस प्रदेशले पनि यसमा बिशेष जोड दिएको उनको भनाई थियो । स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रका तथ्यांकको अझ बढी महत्व हुने भन्दै निर्देशक डा. अवस्थीले तालिममा सिकेका कुरालाई व्यावहारमा लागु गर्न सहभागीलाई आग्रह गरे ।

हरेक व्यक्तीका तालिम लिएको रेकर्ड हेर्ने हो भने महाभारत नै बन्न सक्छन् उनले भने तर त्यसको व्यावहारिक प्रयोग र उपलब्धी के कति भयो भनेर सोच्नुपर्ने बेला आएकोमा उनको जोड थियो ।

सुदूरपश्चिम प्रदेशलाई आउने बैशाख भित्रै पूर्ण खोप प्रदेश घोषणा गर्ने लक्ष्य ।

हरेक नागरिकलाई आधारभुत सेवाको प्रत्याभुति दिलाउनु हाम्रो कर्तव्य हो : डा. अवस्थी

एक अर्को प्रसंगमा बोल्दै निर्देशक डा. अवस्थीले स्वास्थ्यका सबै सुचक बढाउन, मातृ र नवशिशु मृत्युदर घटाउने अभियानमा प्रदेश सक्रिय भएर लागेको बताए । मानविय त्रुटीलाई शुन्यमा झार्दै गुणस्तरिय सेवाका लागि सबै क्रियाशिल हुनुपर्ने उनको भनाई थियो ।

हरेक नागरिकलाई आधारभुत सेवाको प्रत्याभुति दिलाउनु हामी सबैको कर्तव्य हो भन्दै डा. अवस्थीले सुदूरपश्चिम प्रदेशलाई बैशाख भित्रै पूर्ण खोप भएको प्रदेश घोषणा गर्ने योजना रहेको उनले सुनाए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको आयोजना तथा यूएसएड बिश्व स्वास्थ्य आपूर्ती व्यावस्थापनको प्राबिधिक सहयोगमा तालिम संचालन भईरहेको छ । आज मंगलबार बाट सुरु भएको तालिम फागुन २० गते सम्म संचालन हुनेछ ।

बिहान भएको उदघटन शत्रमा सुदुरपश्चिम प्रदेश आपूर्ती विभागका निमित्त निर्देशक पदम बिष्ट, यूएसएड बिश्व स्वास्थ्य आपूर्तीका प्रतिनिधी अस्मिता बस्याल लगायतका आपूर्ती शाखाका कर्मचारीहरुको सहभागतिा रहेको थियो ।

आपुर्ती विभागका फिल्ड सपोर्टर सुनिल रानाभाटले तालिमको उदेश्य र लक्ष्यका बारेमा सहभागीलाई जानकारी गराएका थिए भने सहायक फार्मासिष्ट जयन्द्र बोगटी, तथ्यांक सहायक डिएन गिरी, एलएमाईएस अधिकृत डा. दुर्गा ढुंगाना र कर्णाली प्रदेशका एलएमाईएस अधिकृत दलबहादुर डाँगीले तालिमको सहजकिरण गरिराख्नु भएको छ ।