मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई, अप्ररेसन्स प्रमुखमा रिमाल

रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई, अप्ररेसन्स प्रमुखमा रिमाल


अछाम : रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी कृष्ण बुढालाई दिईएको छ । नवगठित सुदूर संचार समाज नेपाल अछामको पहिलो बैठकले बुढालाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

रेडियोमा लेखा प्रमुखको जिम्मेवारीमा रहेका बुढालाई कार्यसम्पादन र समयावधीको आधारमा मुल्यांकन गरी कार्यकारी निर्देशकको जिम्मेवारी दिएको संचालक समिति सुदूर संचार समाज नेपालका अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले सुदूरआजलाई जानकारी दिए ।

यस्तै कार्यसमितिको बैकठले रेडियोमा बजार व्यावस्थापन प्रमुख टंकप्रसाद रिमाललाई समेत संचालन प्रमुखको जिम्मेवारी दिएको छ । रिमालले बजार व्व्यावस्थान प्रमुखमा रहँदा गरेको कामलाई मुल्यांकन गर्दै संचालन प्रमुखमा बढुवा गरिएको अध्यक्ष तिमिल्सैनाले बताए ।

अछामका पुराना पत्रकार बुढा रेडियो रामारोशनको ब्यवस्थापन तथा स्टशेनमा स्थापनाकाल देखि सक्रिय र कार्यरत छन् संचालन (अप्रेसन) प्रमुखमा नियुक्त रिमाल पनि लामो समयदेखि रेडियो रामारोशनमा आवद्ध छन । बुढा र रिमाल दुबै जना अछामको ढकारी गाविसका स्थायी वासिन्दा हुन ।

निवर्तमान अध्यक्ष कुँवरको नेतृत्वमा सल्लाहकार समिति चयन

सुदूर संचार समाजको पहिलो बैठकले सल्लाहकार समिति समेत गठन गरेको छ । समाजले निवर्तमान अध्यक्ष एकिन्द्र कुमार कुँवरको नेतृत्वमा सात सदसीय सल्लाहकार समिति चयन गरेको छ ।

समितिमा पूर्व संचालक समिति अध्यक्ष पदम राज अधिकारी, पूर्व कार्यकारी निर्देशक सि. बी. साउद, फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुवर, समाजसेवी भक्तकला ढकाल, समाजसेवी लक्ष्मी बोगटी र हरिनगर बजार ब्यवस्थापन समिति ठूलासैनका अध्यक्ष हेमराज भण्डारीलाई समेत सल्लाहकारमा चयन गरेको हो ।

यसैगरी सुदूर संचार समाज नेपालमा लामो समय देखि सक्रिय तथा रेडियोमा समेत स्टेशन म्यानेजर भएर काम गरेका मंगलसैन नगरपालिका ६ का वडा अध्यक्ष जनकराज भण्डारी र रेडियो रामारोशन, अछामका समाचार प्रमुख कमलकुमार रावललाई समेत समाजको कार्य समितिमा मनोनीत गरेको संस्थाका अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।