मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रजनन् स्वास्थ्य एवंम नसर्ने रोग सम्बन्धी शिबिरबाट १ सय ५० बढीले सेवा लिए

प्रजनन् स्वास्थ्य एवंम नसर्ने रोग सम्बन्धी शिबिरबाट १ सय ५० बढीले सेवा लिए

सुदूर आज

फाइल फोटो

अछाम : जिल्लाको चौरपाटी गाँउपालिका अन्र्तगत सोकटमा निशुल्क शिबिर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा स्वास्थ्य शिबिरबाट १ सय ५० बढी नागरिकले सेवा लिएका छन् ।

प्रजनन् स्वास्थ्य एवंम नसर्ने रोग सम्बन्धी आयोजना भएको शिबिरबाट सोकट आसपासका नागरिकले सेवा दिएका स्वास्थ्य कार्यालय अछामका बरिष्ठ अनमी टिका शर्मा ढुंगानाले बताईन् ।

शिबिरमा भिडियो एक्सरे, पाठ्यघर खस्ने समस्या सम्बन्धी जाँच, पाठ्यघरको मुखको क्यान्सरको जाँच, गर्भवतीहरुको भिडियो एक्सरे, नसर्ने रोगको जाँच, परामर्श र मानिसिक स्वास्थ्य सम्बन्धी सल्लाह तथा परामर्श प्रदान गरिएको उनले बताईन् ।

स्वास्थ्य कार्यालय अछामले विभिन्न समयमा जिल्ला दुर्गम तथा बिकट क्षेत्रमा स्वास्थ्य सम्बन्धी शिबिर संचालन गर्दै आईरहेको छ ।

अस्पताल तथा स्वास्थ्य केन्द्रको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई सहज होस् भन्ने हेतुले शिबिर संचालन गरिदैँ आएको कार्यालयका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।