मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वनजंगल संरक्षणमा यूवा तथा बिद्यार्थी सकृय

वनजंगल संरक्षणमा यूवा तथा बिद्यार्थी सकृय


अछाम । जिल्लाको पुर्बी भेग पञ्चदेवल विनायक नगरपालिकामा जनजागरण यूवा क्लब लयाँटीले वनसंरक्षणलाई मुख्य प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गरेकाे छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीमा गठित सामाजिक न्यायकाे नारा बाेकेकाे जनजागरण यूवा क्लबद्वारा संरक्षणका लागि अन्तरक्रिया, वनजंगलकाे महत्त्वकाे बिषयमा जनचेतना फैलाउने लगायतका क्रियाकलापमा यूवाहरु सकृय हुन थालेका छन ।

पछिल्लो समय अछाम जिल्लाका सामुदायिक वनहरुमा जथाभावी र मनपरि ढंगले हरियो काठ दाउरा काटि अवैध रुपमा काठ अाेसार पसार भइरहेकाे छ ।

सो कुरा लाई मध्यनजर गर्दै जनजागरण यूवा क्लबका अध्यक्ष दिनेश केशीकाे नेतृत्वमा बिद्यार्थी युनियन , बाल सञ्जालका पदाधिकारी लगायतको सहभागीतामा फाल्गुन १६ गते अाइतबार वनजंगल हेरफेर तथा जंगल भित्र जथाभावी काठ दाउरा काट्ने ब्यक्तिहरुलाई सचेतता जगाउने कार्यलाई निरन्तरता दिइएकाे छ ।

यूवा क्लबकाे साझा प्रयास र पहलमा वन कार्यालय पञ्चदेवल विनायक नगरपालिकाका सहायक वन अधिकृत चन्द्रकान्त उपाध्याय र वन रक्षक धर्म सिजापतीले कालिकादेवि सामुदायिक वनकाे निरीक्षण समेत गरेका हुन ।

अनुगमन पश्चात अधिकृत उपाध्यायले यसरी जथाभावी रुख काट्ने जाेसुकै ब्यक्तिलाई वन ऐन अनुसार कडा भन्दा कडा कार्वाही गर्न यूवा समितिलाई निर्देशन दिए ।

हाल कालिकादेवि सामुदायिक वन संरक्षण समिति निस्कृय अवस्थामा रहेकाे हुँदा तत्काल उक्त समिति सकृय रुपमा नलागे डिभिजन वन कार्यालयमा उजुरी दिई कडा कार्वाहीकाे भागेदार बनाउने समेत चेतावनी दिए ।

कुनै एक ब्यक्तिकाे सम्पत्ति नभई सबैकाे साझा सम्पति वनजंगल भएकाले संरक्षण समिति निस्कृय नहुँन र वनजंगलमा मनपरि नगर्न समेत उक्त समितिलाई उनले अाग्रह गरेका छन ।

वन जंगल संरक्षणका लागि बिशेष गरि यूवा तथा बिद्यार्थीहरुले खेलेकाे भुमिका प्रति अाभारी हुँदै उनले अागामी दिनमा यस्ता अभियानलाई निरन्तरता दिई हरियाे वन नेपालकाे धन भन्ने नारालाई सफल पार्न जंगल संरक्षण अत्ति अावश्यक रहेकाे सहाय वन अधिकृत उपाध्यायले बताए ।

देशका घना र समृद्ध पुराना वन-जङ्गलहरू मासिँदै गइरहेको बर्तमान अवस्थामा कतिपय ठाउँहरुमा यूवाहरुले संरक्षणको प्रयास गरिरहँदा अछामको पञ्चदेवल विनायक नगरपालिकामा पनि यूवाहरु सकृय भएकाे देखिन्छ । यूवाहरुकाे याे सकृयतालाई यहाँका सम्बन्धित स्थानीय तहहरुले बुझिदिन अावश्यक देखिन्छ ।