मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिया भए अछामका डाँडाकाँडा: ६२ प्रतिशत पुग्यो वन क्षेत्र

हरिया भए अछामका डाँडाकाँडा: ६२ प्रतिशत पुग्यो वन क्षेत्र


अछाम : जिल्लामा बनको क्षेत्र बढेको छ । डिभिजन बन कार्यालय अछामका अनुसार पछिल्लो केहि बर्ष यता जिल्लाका बनको क्षेत्र बढेको हो ।

२०७२ सालमा ५७ प्रतिशत बनक्षेत्र रहेको अछाममा ५ बर्षको ५ प्रतिशत बढेर ६२ प्रतिशतले बन क्षेत्र बढेको बन डिभिजन कार्यालय अछामका प्रमुख नारायण देब भट्टराईले जानकारी दिए । बन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रममा भट्ट्राईले अहिले नाङ्गा रहेका डाडाँहरुमा रहेमा समेत बृक्षारोपका कारण हरियाली देखीन थालेको बताए ।

बनको सरक्षण सम्बर्दन र उपयोग गर्ने अधिकार अब स्थानीय सरकारको रहेकाले यो समय बन डढेलो लाग्ने समय भएकाले स्थानीय सरकारले बिषेश ध्यान दिनु आवश्यक रहेको उनले बता ।सुचना प्रवाह गरेर आम नागरिकलाई बन डढेलो सम्बन्धी जानकारी दिन समेत सचारकर्मीहरुलाई भट्टराईले आग्रह गरे ।

बन ऐन अनुसार बनमा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्र्तगत सामुदायिक बन,गा्रमीण तथा शहरी बन,धार्मिक बन,कबुलियती बन र साझेदारी बनको संरक्षण, सम्बर्दन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ ।

बन डिभिजन कार्यालय अछामले जंगली जनावरबाट पिडित व्यक्तिहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने गरेको छ । बन कार्यालयले गत बर्षको मसिर देखि यो बर्षको भदौसम्म जगली जनावरबाट क्षति भएका ३२ जनालाई राहत उपलब्ध गराएको हो । २४ जनाको पशु,३ जनाको तरकारी बाली नष्ट,५ जनाको मानबिय क्षति भएकाहरुलाई राहत क्षतिपुर्ति उपलब्ध गराईएको बन कार्यालयले जनाएको छ ।