मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिरबाट खसेर महिलाको ज्यान गयो

भिरबाट खसेर महिलाको ज्यान गयो


अछाम : जिल्लामा भिरबाट खसेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको तुर्माखाद गाउपालिका वडा नम्बर ४ निवासि जितेन्द्र शाहीकी ३५ बर्षिया श्रीमती धिर्जा शाहीको हिजो बेलुकी भिरबाट खसेर ज्यान गएको हो ।

घर नजिकैको बोकसान जङ्गलमा बाख्रा गोरु चराउन गोठालो गएकी शाही बेलुकी अबेरसम्म घर नफर्किएपछी आफन्तले खोजी गर्दा जँगलमा मृत अबस्थामा भेटिएकी बताईएको छ ।

ठुलो भरि भएको ठाउबाट खसेर करिब २ सय ५० मिटर तल घटनास्थलमै उहाँको शव भेटिएको उनका श्रीमान जितेन्द्र शाहीले बताउनु भयो । मृतक शाहीका श्रीमान, २ छोरी र १ छोरा छन ।