मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक विकृति बिरुद्ध बिद्यार्थीहरु एक हुनुस – प्रधानाध्यापक बुढा

सामाजिक विकृति बिरुद्ध बिद्यार्थीहरु एक हुनुस – प्रधानाध्यापक बुढा


सामाजिक विकृती बिरुद्ध बिद्यार्थीकाे भुमिका भन्ने बिषयमा नवज्योति माध्यमिक बिद्यालय लयाँटीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगर बाल सञ्जाल पञ्चदेवल विनायक नगरपालिकाको आयोजना तथा नवज्योति माबी लयाँटीकाे समन्वयमा अाज बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

सामाजिक बिकृतीको रुपमा जरा गाडेर बसेका छाउपडी प्रथा, बालबिबाह , जातिय छुवाछूत लगायतका बिषयमा प्रतियोगि बक्ताहरुले चर्को रुपमा आवाज उठाएका थिए । वडा बाल सञ्जाल लयाँटीका अध्यक्ष सुरेश बुढाको अध्यक्ष तामा सम्पन्न भएको कार्यक्रममा नव ज्योति माबीका प्रधानाध्यापक खम्मराज बुढा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बुढाले सामाजिक बिकृती विरुद्ध बिद्यार्थीहरुकाे प्रमुख भुमिका रहने भएकाले सामाजिक न्यायका लागि सम्पुर्ण बिद्यार्थी एक जुट भएर लाग्नु पर्ने जाेड दिनु भयाे । पछिल्लो समय बिद्यार्थीहरु अाफै बिकृती तर्फ बढी उन्मुख भएकाे प्रति उहाँले चिन्ता व्यक्त गर्नु भयो । समाजमा शान्ति स्थापना , सुसंस्कृत समाज निर्माण तथा सामाजिक रुपान्तरणमा सभ्य र सहनशील भएर लाग्न सम्पुर्ण बिद्यार्थीहरुलाई प्राधानाध्यापक बुढाले अाग्रह गर्नु भयाे । बक्तृत्वकला प्रतियोगितामा कक्षा १० मा अध्यनरत छात्र बखत लामिछाने प्रथम भएका हुन ।

कार्यक्रममा अन्य अतिथिहरु बिद्यालयका सम्पुर्ण शिक्षक, प्रेस युनियन अछामका प्रबक्ता दिनेश कडायत, नगर बाल सञ्जालका सचिव प्रकाश रावल लगायतकाे सहभागिता रहेकाे थियाे । नगर बाल सञ्जालका सचिव प्रकाश रावलले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन जीवन बुढाले गर्नु भएकाे थियाे ।