प्रदेश समाचार

विकास निर्माण, आयोजना र सामाजिक कुरितीका सवालमा गम्भीर हुनुपर्नेमा प्रजिअ उपाध्यायको जोड

पालिका प्रमुख तथा प्रशासकीय अधिकृतसंग समिक्षा तथा समन्वय बैठक मंगलसेनमा सम्पन्न

अछाम : अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतसंग समिक्षा तथा समन्वय बैठक गरेका छन् । सदरमुकाम मंगलसेनमा भएको बैठकमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट स्थानीय तहसम्म गरेका कामको समिक्षा आगामी दिनका लागी चाडै गर्नु पर्ने कामको निर्णय गरिएको छ ।

समिक्षा तथा समन्वय बैठकले जिल्लामा समग्र विकास निर्माणको समिक्षा गर्दा रुग्ण अबस्थामा रहेका आयोजनाहरुको बाँकी काम यथाशीघ्र बढाउनुपर्ने देखिएकोले आयोजनाको अनुगमन जिल्ला समन्वय समितिको नेतृत्वमा जिल्लास्तरबाट बढाउने तथा आयोजनामा देखिएका विवादहरुलाई गम्भीर रुपमा लिई स्थानीय स्तरमै समाधानको पहल गर्ने निर्णय गरेको छ ।

सामाजिक अभियान अन्तरगत सामाजिक कुरीतिको रुपमा रहेको छाउपडी प्रथाको अन्त्यको प्रत्येक स्थानीय तहले ७ (सात) दिनभित्र मातहतका वडा क्षेत्रमा छाउगोठ भए नभएको लिखित जानकारी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने, छाउगोठ देखिएका ठाउँमा सोको ७ (सात) दिन भित्र प्रशासन, प्रहरी, जनप्रतिनिधि, पत्रकारसहितको टोलीबाट जनचेतना सहित छाउगोठ भत्काउने र २०७७ साल भित्रै अछामलाई छाउगोठमुक्त जिल्ला घोषणा गर्दै छाउपडी प्रथा अन्त्य अभियानलाई थप उचाँइमा पु¥याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।

त्यसैगरी यात्रु, उपभोक्ता तथा सेवाग्राहीलाई ठगिनबाट जोगाई गलत प्रवृत्तिको अन्त्यको लागि स्थानीय तहले आफ्नो क्षेत्रभित्रका बजार क्षेत्र, फार्मेसी र सार्वजनिक तथा निजी विद्यालय तत्काल एकसाथ अनुगमन गर्ने,जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायात, अटो रिक्साको भाडादर कायम गर्न तथा सोको अनुगमन गरी यात्रुको अधिकार सुनिश्चित गर्न प्रत्येक स्थानीय तहले नियमित रुपमा यातायात क्षेत्रको अनुगमन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाको यातायात क्षेत्रको अनुगमन गर्ने, बढी दुर्घटना हुने क्षेत्र तथा अपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित स्थलहरुको पहिचान गरी खासगरी साँफेबगर, मंगलसैन र पञ्चदेवल विनायक नगरपालिका क्षेत्रमा स्थानीय तहहरुले तत्काल सिसिटिभी क्यामेरा जडान गरी सोको लिंक नजिकको प्रहरी इकाइमा राख्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ ।

साथै स्थानीय तहहरूबाट स्यानिटरी प्याड खरिद तथा सोको वितरणलाई थप वैज्ञानिक बनाउने, बयालपाटा अस्पताललाई स्थानीय तहबाट गर्ने भनिएको आर्थिक सहयोग अस्पतालबाट माग भई आएमा उपलब्ध गराउने, साँफेबगर १२ स्थित पर्यटकीय नैनी क्षेत्रमा स्थानीय तहहरूले आवश्यकता अनुसार सहयोग गर्ने लगाएत निर्णय गरिएका छन ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवर, मंगलसेन नगरप्रमुख पदम बहादुर बोहरा, साफेबगर नगरप्रमुख कुल बहादुर कुवर, कमलबजार नगरपालिका प्रमुख ओमप्रकाश बिष्ट, पंञ्चदेवल विनायक नगरपालिका प्रमुख देवराज देवकोटा, तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मा लगाएत प्रशासकीय अधिकृत, पत्रकारको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई, अप्ररेसन्स प्रमुखमा रिमाल
प्रतिष्ठानको उपकुलपतिमा डा. रावल
वनजंगल संरक्षणमा यूवा तथा बिद्यार्थी सकृय
झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा १४ जना विद्यार्थिलाई पुरुस्कार वितरण