मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बृहत पोषण प्याकेज तालिम कमलबजार नगरपालिकामा सम्पन्न

बृहत पोषण प्याकेज तालिम कमलबजार नगरपालिकामा सम्पन्न


अछाम : कमलबजार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज तालिम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ। माघ २२ गते देखि २८ गते सम्म २० जना स्वास्थ्यकर्मी र माघ २९ गते देखि फाल्गुन ०५ गते सम्म २२ जना गरि जम्मा ४२ जना स्वास्थ्यकर्मीहरुले बृहत पोषण प्याकेज तालिम लिएका छन् ।

तालिम पश्चात् सबै स्वास्थ्य संस्था बाट दिइने पोषण सम्बन्धि सेवामा धेरै सहयोग पुग्ने बताइएको छ ।तालिम पश्चात सम्पुर्ण बालबालिका, किशोरि तथा प्रजनन उमेरका महिलासम्म पोषण सम्बन्धी समान र उपयुक्त पहुच पु¥याउने प्रतिबद्धता सबै स्वास्थ्यकर्मी जनाएका छन् ।

बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो, राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी सिक्न हुर्किन सक्छन, समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटसंग लड्न समर्थ हुन्छन भनेर तालिमको आयोजना गरिएको थियो।

कमलबजार नगरपालिकालाई पोषणको क्षेत्रमा सबै स्वास्थ्यकर्मीहरु मिलेर अझै राम्रो बनाउने मा पनि यो सात दिन को तालिम ले सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

बहुक्षेत्रिय पोषण योजना २ अन्तर्गत रहि शिक्षा, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, र कृषि क्षेत्रसंग हातेमालो गरि कमलबजार नगरपालिका लाई पुर्ण पोषण मैत्री पालिका बनाउन लागि पर्ने तालिमा सहभागि भएका स्वास्थ्यकर्मीहरुले बताएका छन।

समापन कार्यक्रमको अध्यक्षताको आसन बाट बोल्दै नगरप्रमुख ओमप्रकाश बिष्टले आगामि बजेटमा स्वास्थ्य क्षेत्रमा लगानि र्गने प्रतिबद्यता ब्यक्त गरे। समापन कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ५ कुइकाका नेपालि काग्रेसका बडा सभाति डिल्लीसिङ चलाउने अनमि र्पाबती बि सी चलाउने लगाएत को सहभागिता रहेको थियो।