खेलकुद

दुई खेलअघि नै एपीएफ महिला लिगको विजेता

पुलिसविरुद्ध ३–० गोलको जित निकालेपछि एपीएफका खेलाडी। फाइल तस्बिर

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टिम जारी महिला लिगको विजेता बनेको छ।

३० अंकका साथ शीर्ष स्थानमा रहेको एपीएफले अर्को विभागीय टिमलाई चार अंकले पछि पार्दै उपाधिमा कब्जा जमाएको हो। 

एपीएफसँग पाँच अंकले पछि रहेको आर्मीले दुई खेल बाँकी हुँदा आज पुलिससँग हार बेहोरेको छ। यो हारसँगे उसको विजेता बन्ने बाटो समाप्त भएको छ र एपीएफले उपाधि जितेको छ।

२५ अंक रहेको आर्मीले बराबरी खेलेसँगै लिगमा २६ अंक जोडेको छ। आज हुने दोस्रो खेलमा एपीएफले विराटनगरको सामना गर्दैछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सांसदहरुले लगाए कोरोना विरुद्धको खोप
विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते
विप्लव समूहका वार्ता टोली काठमाडौंमा, आजै अनौपचारिक वार्ता
१२ लिगमा लगातार २० गोेल गर्ने रोनाल्डो पहिलो खेलाडी