शिक्षा / स्वास्थ्य

शिक्षक संघ साफेवगरको बैठकले गर्यो बिभिन्न निर्णय

अछाम : नेपाल शिक्षक संघ साफेवगर नगर कार्य समितिका २२ औ बैठक साफेवगरमा सम्पन्न भएकाे छ ।

साफेवगर नगरकार्य समिति अध्यक्ष बलवहादुर ठकुल्लाकाे अध्यक्षतामा भएकाे बैठकले शैक्षिक गुणस्तर सधारकाे लागि पहल गर्ने, यहि फागुन १२ गते भित्र सदस्यता नविकरण गरिसक्ने , नगर प्रतिनिधि भेला फागुन २९ गते साफेवगरमा गर्ने लगायतका निर्णय गरेकाे छ ।

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति अध्यक्ष दिपकवहादुर कुवरको अध्यक्षतामा भएको बैठकमा नेपाल शिक्षक संघका संघिय प्रतिनिधि प्रेमवहादुर कुवर र डवल वहादुर शाह विशिष्ट अतिथि रहेका थिए ।

बैठकमा शिक्षक महासंघ साफेवगर सचिव तर्कराज भण्डारी , नेपाल शिक्षक संघका जिल्ला कार्यसमिति सदस्य भगत बिक, झंकर बुढा लगाएत कार्य समितिका पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे । बैठकको सञ्चालन नगर सचिव संकर कुवरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सांसदहरुले लगाए कोरोना विरुद्धको खोप
बीए पास हुनुहुन्छ ? उसो भए भन्सार एजेन्टको परीक्षा तयारी गर्नुस्
२ दिने प्रजनन् स्वास्थ्य एवंम नसर्ने रोग सम्बन्धी शिबिर सम्पन्न
प्रजनन् स्वास्थ्य एवंम नसर्ने रोग सम्बन्धी शिबिरबाट १ सय ५० बढीले सेवा लिए