मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटीमा फलेको अर्गानिक कोदो धनगढी पुग्यो

चौरपाटीमा फलेको अर्गानिक कोदो धनगढी पुग्यो


अछाम : जिल्लाको चौरपाटी गाउँपालिमा फलेको अर्गानिक कोदो कैलालीका बजारहरुमा पुगेको छ । स्थानीय उत्पादनको प्रर्बद्धन गर्ने उद्धेश्य सहित गाउँपालिकाले कोदो कैलाली ल्याएको हो ।

यहाँ ल्याईएको कोदो अत्तरिया र धनगढी बजारबाट विक्रि गरिने गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिए । गाउँपालिकामा फलेका अर्गानिक कोदो कैलाली पुगेको छ, उनले भने, धनगढीका कुन–कुन ठाउँबाट बेच्ने भन्ने निर्धारण भएको छैन । \]

निश्चित ठाउँ तोकेर धनगढी र अत्तरियाका नागरिकलाई सस्तो र सुलभ तरिकाले अर्गानिक कोदो उपलब्ध गराउने योजना रहेको उनले सुनाए । गाउँपालिकामा फलेको अर्गानिक कोदो किनेर सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष साउँदले आग्रह गरेका छन ।

चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्द्धन गर्न गाउँपालिकाले ‘फलेको कोदो, कुटेको धान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका किसानले फलेर केलाएर ल्याएको कोदो बराबर चामल साटेका थिए ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्व पाइने हुदाँ कोदो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिदै आएको छ ।

कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन र स्वस्थ पेट बनाउन जस्ता रोगका विरामीहरुको लागि पनि उपयुक्त वालीको रुपमा कोदो लाई चिनिएको छ ।