मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राउटे समुदायलाई नगरको २५ हजार आर्थिक सहयोग

राउटे समुदायलाई नगरको २५ हजार आर्थिक सहयोग


अछाम । मंगलसेन नगरपालिकाले लोपोन्मुख फिरन्ते जाती राउटेका लागी आर्थिक सहयोग हस्तान्तरण गरेको छ । राउटे मुखीया भद्र बहादुर शाहीको टोलीलाई नगरप्रमुख पदम बहादुर बोहराले नगद २५ हजार नगरपालिकाको तर्फबाट हस्तान्तरण गरेका हुन्।

हाल सुर्खेतको झुप्रेखोलामा बसोवास गरिरहेको बताउने राउटेका मुखीया शाहीको नेतृत्वमा ३ जना राउटे सहयोग संकलनका क्रममा मंगलसेन आईपुगेका थिए । नगद सहयोग पश्चात नगरप्रमुख बोहराले राउटेको जीविकोपार्जनका लागि थोरै भएपनी सहज होस भन्ने हेतुले सहयोग प्रदान गरिएको बताए ।

नगरपालिका मार्फत आफुहरुलाई नगद सहयोग प्राप्त भएपछी निकै खुसी लागेको मुखीया भद्र बहादुर शाहीले बताए । सहयोग हस्तान्तरणका क्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, लेखा अधिकृत बिष्णुप्रसाद उपाध्याय र ईञ्जीनियर खम्म केसी लगायतको उपस्थिति रहेको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिए ।