मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरुवा रोग अस्पतालका निर्देशक डा राजभण्डारी र डा बास्तोलाले लगाए कोभिड खोप

सरुवा रोग अस्पतालका निर्देशक डा राजभण्डारी र डा बास्तोलाले लगाए कोभिड खोप

सुदूर आज

काठमाडौं- नेपालमा कोभिड १९ विरुद्वको खोप लगाउन सुभारम्भ भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पहिलो खोप लगाएका छन्।

उनले खोप लगाएपछि खुसी लागेको बताए। उनले भने,‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो।डराउनुपर्ने कुरा छैन। त्यसै खोप लगाउनु पूर्व पनि र लगाएपछि खुसी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस भन्न चाहन्छु।’ अस्पतालकै डा अनुप बास्तोलाले पनि खोप लगाइसकेका छन्।

No description available.
No description available.
No description available.
No description available.

सरुवा रोग नेपालको पहिलो कोभिड अस्पतालका रुपमा सञ्चालित थियो। टेकु अस्पतालले हालसम्म ९०० कोरोना संक्रमितको उपचार गरिसकेको छ। तीमध्ये ४४ जनाबाहेक सबै निको भएर घर  फर्किसकेका छन्।

अस्पतालमा करिब ५५ हजार जनाको पिसिआर परीक्षण गरिएको छ। तीमध्ये ८ हजार जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खोप अभियानको सुभारम्भ गरेका हुन्। 

आज देशभरका ६६ वटा  जिल्लाका करिब १२० खोप केन्द्रबाट खोप खोप लगाइदैँ छ। सरकारले पहिलो चरणमा कोभिड विरुद्व खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मी गरी गरी ४ लाख ३० हजार बढीलाई कोभिड विरुद्वको खोप लगाउँदै छ।

प्रदेश १ को पाँचथर, ताप्लेजुङ्ग, खोटाङ, ओखलढुंगामा १५ गते र सोलुखुम्बु र संखुवासभामा १६ गते  र लुम्बिनी प्रदेशको पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा,प्युठानका जिल्ला अस्पतालहरुमा १७ गते  खोप अभियान सञ्चालन हुने छ।