मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकासको नाममा विनाश यात्रा कहिले सम्म ? – दिनेश केशी

विकासको नाममा विनाश यात्रा कहिले सम्म ? – दिनेश केशी


तालागाड जलबिद्युतले निम्त्याएको मुख्य समस्या
तालागाड लघु जलविद्युतबाट नागरिकले उज्यालोको अनुभूति गरेपनी गोरेटो बाटो भत्किएपछि सयौँ बटुवाको आवागमनमा समस्या थपिँदै गएको छ । कुनै समय हिँडडुल गर्न निकै फराकिलो र सजिलो गोरेटो बाटो बिद्युतको कुलो निर्माणले बिस्तावित गरेपछि नगरका मुख्य ठाउँमा पुग्न तथा हिँडडुल गर्न दैनिक सयौं नागरिले सास्ती खेपिरहनु परेको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ५ लयाँटी उसरी हेर्ने हो भने यस नगर क्षेत्रको केन्द्रबिन्दूका रुपमा लिन सकिन्छ । नजिकै रहेको कर्णाली प्रदेश संग जोडिएको यो ठाउँको मुख्य गोरेटो बाटोनै जिर्ण अवस्थामा हुँदा बटुवाहरुले जोखिम मोलेर त्रासपुर्ण यात्रा गर्नु पर्ने बाध्यता आइलागेको बषौँ भयो ।

देश संघियता पछि गाउँ बस्ती सम्म सडक बाटो पुगे पनि सर्वसाधारणहरुका लागी प्रयोग हुने यस्ता गोरेटो बाटोको अवस्था भने ज्यँ को त्युँ छ । यस पञ्चदेवल नगरपालिकाका लयाँटी,विनायक,तोली,पुल्लेतोला,बारला र कालेकाँडाका नागरिकको आवागमन हुने मुख्य गोरेटो बाटो “दुनी–दोगाडे–रजेना–तालागाड” मृत्यु गोरेटो बाटो भन्दा फरक पर्दैन । अत्याधिक मदिरा सेवन त्यसै माथी भौगोलिक विकताको अठ्फ्यारो बाटोकै कारण केहि ब्याक्तीले अकालमै ज्यान गुमाएका छन भने , केहि ब्याक्ती अपाङ्ग जिवन जिउन बाध्य भएका छन । जलविद्युत निर्माण पछि केहि अठ्फ्यारो बने पनि यस बाटोको अवस्था दसकौ अघि देखि यस्तै थियो ।

लयााटीका अगुवा,समाजसेवी तथा नवज्योती माबीका पूर्व प्रध्यानाध्यापक समेत रहेका सर्जन बहादुर चन्दले जानकारी दिए अनुसार तालागाड जलविद्युतले न त यस क्षेत्रका स्थानियको माग अनुसार बिद्युत सेवा आपुर्ती गर्न सकेको छ । नत यस तत्कालिन गाउँबिकास समिती “साविकको लयाँटी गा बि स” का सबै वडामा बिद्युतको सेवा पुगेको छ । विकास संगै सार्वजानिक स्थानहरुमा भएको बिनासको सहि पहिचान गरि त्यसको संरक्षण एवम मर्मतमा सम्वन्धित निकाय तथा अहिलेको स्थानिय सरकारको आँखा नलागेको प्रति अगुवा चन्द गुनासो गर्नु हुन्छ ।

विकासे योजना निर्माण गर्दा विनासको चपेटामा परेका यस्ता थुर्र्पै सार्वजानिक स्थानहरुको मर्मत तथा संरक्षण गर्न सरकार कहाँ निर चुक्यो ? आम सर्वसाधारण्हरुको प्रश्न यही हो । यसरी छेद– बिछेद भएका सार्वजानिक स्थानहरुको संरक्षण तथा मर्मत गर्न सके मात्रै पनि आम नागरिकले सायद आवागमनमा सास्ती खेप्नु पर्ने थिएन होला ।